
‘बन्द’ सधैंका लागि बन्द गरौं मूल नाराका साथ विभिन्न सङ्गठनद्वारा विराटनगरमा संयुक्तरुपमा निकालिएको बृहद सद्भाव रयाली । संयुक्त मधेशी मोर्चाले गरेको अनिश्चितकालीन बन्दको मारमा परेका व्यापारी, मजदुर, यातायातलगायतका सङ्गठनका प्रतिनिधिका साथै सर्वसाधारणको सहभागिता रहेको छ । तस्बिर ः प्रभाषचन्द्र झा, विराटनगर, रासस
बाजुरा, ३ भदौ । बन्दै बन्दले यस क्षेत्रका सात पहाडी जिल्लामा यातायात सञ्चालन हुन नसक्दा दैनिक उपभोग्य सामान रित्तिएको छ । यसले व्यापारी र सर्वसाधारण मारमा परेका छन् ।
नियमितको बन्दले गर्दा बाजुरा, अछाम, बझाङ, डोटीलगायतका जिल्लाका बजारमा व्यापार गरिरहेका व्यापारीहरुले सामान ढुवानी गर्न नपाउँदा समस्या झेल्नु परेको बाजुराको व्यापारिक केन्द्र मार्तडीका व्यापारी हस्तबहादुर मल्लले बताउनुभयो ।
मल्लले भन्नुभयो – “हामीले असारदेखि सामान ढुवानी गर्न सकेका छैनौँ । वर्षात्ले बाटो बिगा¥यो । पछिल्ला दिनहरुमा नियमित आपूर्ति नै बन्द भयो ।” बाजुरा जिल्लामा धनगढी, नेपालगन्ज, काठमाडौँलगायतका स्थानबाट सामग्री ढुवानी गर्नुपर्ने हुन्छ ।
वर्षात्का लागि गोदाममा जम्मा गरिराखेको सामानसमेत सकिएर रित्तिएको र ग्राहकलाई सामान छैन भनेर फर्काउन परेको व्यापारीहरु बताउँछन् । “अब बाटो खुलिहाल्ला भनेर त्यहीअनुसारको सामानको जोहो गरेका थियौँ, अब यसरी नियमित बन्द हुने हो भने ठूलो समस्या हुन्छ,” आरके इन्टरप्राइजेजका सञ्चालक रमेश खड्काले भन्नुभयो ।
साउन २० गतेदेखि सुदूरपश्चिमको मूलढोकामा रहेको धनगढी बजार फरक फरक गठबन्धनले फरक फरक उद्देश्यका साथ बन्द गरेका छन् । त्यो बन्दका कारण यहाँका पहाडी सात जिल्लाका जनताले ठूलो समस्या झेल्नुपरेको छ ।
बन्दले गर्दा धनगढी, नेपालगन्ज, पोखरा, काठमाडौँलगायत ठाउँमा जाने मानिस बाजुराको मार्तडी, तिपाडा, बेतालमान्डौँ र अछामको साँफेबगरमा अलपत्र भएर रोकिएका छन् । त्यस्तै दैनिक उपभोग्य सामान दाल, चामललगायतका दैनिक उपभोग्य सामान धनगढीतिरै रोकिएको व्यापारीले बताएका छन् ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा