
सार्क अर्थमन्त्रीस्तरीय सातौं बैठकमा भाग लिन काठमाण्डौं आएका भारतीय अर्थराज्यमन्त्री जयन्त सिन्हाका साथ अर्थमन्त्री डा. रामशरण महत । तस्विरः रासस
काठमाडौँ, २ भदौ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को अर्थमन्त्रीस्तरीय सातौं बैठकमा छलफल गरिने ‘एजेन्डा’सहितको प्रतिवेदन तयार पार्दै सचिवस्तरीय तयारी बैठक सकिएको छ ।
अर्थसचिव सुमनप्रसाद शर्माको अध्यक्षतामा भएको बैठकले भोलि छलफल हुने मुद्दाका विषयलाई अन्तिमरुप दिएको अर्थमन्त्रालयका उपसचिव लालबहादुर खत्रीले राससलाई जानकारी दिए ।
उनका अनुसार दोहोरो कर मुक्तिसम्बन्धी सक्षम निकायहरुबीच भएको प्रगति, भन्सार सहयोग, सार्क विकास बैंक स्थापना, सार्क विकास कोषको प्रभावकारी उपयोग, दक्षिण एसियामा वित्तीय प्रवाह र अन्तरक्षेत्रीय सदस्यराष्ट्रबीच लगानी प्रवद्र्धनका विषयमा छलफल हुनेछ ।
मन्त्रिस्तरीय बैठकले पारित गरेपछि मात्र निर्णयले अन्तिमरुप पाउने छ ।
झापाली समाज यूकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा टंक भट्टराई
काठमाडौँमा सुरु भयो नेपाली कांग्रेसको विशेष महाधिवेशन
चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबारदेखि काठमाडौंमा, महामन्त्रीद्वयको अगुवाइ
रास्वपासँगको एकता १२ दिनमै तोडिएपछि उज्यालो नेपाल पार्टीको अध्यक्षमा घिसिङ