लन्डन । एक जमाना बेलायतको नेपाली समुदायमा राम्रो प्रभाव पार्न सफल नेपलिज आर्टिष्ट एसोसिएसन यूके दशक अवधिको मौनतापछि फेरि जुर्मुराएको छ । एसोसिएसन नयां नेतृत्वसहित नयां योजनाका साथ अगाडि आउन लागेको हो ।
सन् १९९५, ९६ ताका स्थापित नेपलिज आर्टिष्ट एसोसिएसन यूके विवादका कारण केही समयपछि टुक्रिएर अर्को समानान्तर नेपाली कलाकार संघ गठन गरिएको थियो । विभाजनपछि दुवै संस्था निष्क्रिय थिए ।
तर, नेपलिज आर्टिष्ट एसोसिएसन यूके नयां कमिटीसहित सक्रिय हुने भएको हो । गत १६ अगष्टका दिन साउथ ह्यारोमा सम्पन्न भेलाले अजय शेखर प्रधानको अध्यक्षतामा नयां कार्यसमिति गठन भएको छ । अजय शेखर एसोसिएसनको संस्थापक अध्यक्ष हुन् ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा ध्रुव दत्त, महासचिवमा देवानन्द सैंजु, कोषाध्यक्षमा सुमी राई, संगीत संयोजकमा सुनिल सुब्बा, रोशन गुरुङ र बत्सल तामाङ चुनिएका छन् । नृत्य संयोजकमा सुरेश श्रेष्ठ र गोपाल बस्नेत छानिएका छन् भने सदस्यहरुमा सुरेशराज पाठक, सुनिता गुरुङ, कुलदीप प्रधान, सुरेश वैद्य र हरि थापा चयन भएको अध्यक्ष प्रधानले जनाए ।
एसोसिएसनले डिसेम्बर दोश्रो सातातिर यूकेव्यापी नेपाली नृत्य प्रतियोगिता गर्ने भएको छ । यसअघि एसोसिएसनले वालवालिकाको नृत्य प्रतियोगिता गर्दथ्यो । नव निर्वाचित अध्यक्ष प्रधानले नेपाली कला संस्कृतिको जगेर्ना र नयां प्रतिभाहरुलाई अवसर प्रदान गर्न संस्था सक्रिय रहने बताए ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा