काठमाडौँ, १ भदौ । सद्भावना पार्टीले संविधान सभाबाट अलग्गिएको घोषणा गरेको छ ।
आज राजधानीमा पत्रकार सम्मेलन गरेर उक्त पार्टीले केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम संविधानसभाबाट बाहिरिने निर्णय भएको जनाएको हो ।
आजैको केन्द्रीय कार्यसमितिको बैठकले वर्तमान संविधानसभामा बस्नुको कुनै औचित्य नरहेको भन्दै सामुहिक राजीनामा गर्ने निर्णय भएको अध्यक्ष राजेन्द्र महतोले बताए ।
“पार्टीले आफ्नो केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम हाम्रा लागि संविधानसभामा बस्न औचित्यहीन भइसकेकोले आज यसै समयदेखि सद्भावना पार्टी संसदीय दलले संविधानसभाबाट सामुहिक राजीनामा दिने घोषणा गर्दछ,” पार्टी अध्यक्ष महतो र संसदीय दलका नेता लक्ष्मणलाल कर्णले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
उक्त पार्टीबाट संविधानसभामा पाँच जनाको प्रतिनिधित्व थियो ।
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै