काठमाडौँ, १ भदौ । सद्भावना पार्टीले संविधान सभाबाट अलग्गिएको घोषणा गरेको छ ।
आज राजधानीमा पत्रकार सम्मेलन गरेर उक्त पार्टीले केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम संविधानसभाबाट बाहिरिने निर्णय भएको जनाएको हो ।
आजैको केन्द्रीय कार्यसमितिको बैठकले वर्तमान संविधानसभामा बस्नुको कुनै औचित्य नरहेको भन्दै सामुहिक राजीनामा गर्ने निर्णय भएको अध्यक्ष राजेन्द्र महतोले बताए ।
“पार्टीले आफ्नो केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम हाम्रा लागि संविधानसभामा बस्न औचित्यहीन भइसकेकोले आज यसै समयदेखि सद्भावना पार्टी संसदीय दलले संविधानसभाबाट सामुहिक राजीनामा दिने घोषणा गर्दछ,” पार्टी अध्यक्ष महतो र संसदीय दलका नेता लक्ष्मणलाल कर्णले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
उक्त पार्टीबाट संविधानसभामा पाँच जनाको प्रतिनिधित्व थियो ।
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ