
संविधानसभाको मंगलबारको बैठकमा संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले समितिको कार्यप्रगतिको विवरण प्रस्तुत गर्दै । तस्बिर ः रत्न श्रेष्ठ, रासस
काठमाडौँ, १ भदौ । संविधानसभाले सविधान मस्यौदा समितिलाई नयाँ संविधानको सम्पूर्ण मस्यौदाको विधेयक तयार गर्न पुनः चारदिनको समय प्रदान गरेको छ ।
संविधानसभाको आज साँझ बसेको बैठकले मस्यौदा समितिलाई आजदेखि लागु हुनेगरी उक्त समयावधि प्रदान गर्ने निर्णय गरेको हो ।
यसअघि संविधान मस्यौदा समितिले संविधान लेखनमा भएको कार्यप्रगतिको विवरण संविधानसभामा पेश गरेको थियो ।
बैठकमा समितिका सभापति कृष्णप्रसाद सिटौलाले कार्यप्रगतिको विवरण प्रस्तुत गरेका थिए । यसअघि संबैधानिक राजनीतिक संवाद समितिले संविधानसभामा पेश गरेको मस्यौदा सभाले स्वीकृत गरी पाँचदिनको समय दिई मस्यौदा समितिमा पठाइएकोमा सो म्याद हिजो समाप्त भएको थियो । समितिलाई पाँच दिनको समय प्रदान गरेर पठाएको प्रस्ताव बमोजिम व्यापक छलफल भइरहेको र परिमार्जन र पूर्णता दिन अझै समयलाग्ने बारेमा उनले बैठकलाई जानकारी गराएका थिए ।
अहिले विशेष समितिसँग मस्यौदा समिति परामर्शमै रहेको र विषयलाई टुङ्ग्याएर ल्याउनुपर्ने भएकाले बढीमा चार दिनका लागि पुन एकपटक समय थपगर्न सभापति सिटौलाले बैठकमा माग गरेका थिए ।
गत साउन २७ गते अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको संविधानसभाको बैठक केही बेरअघि मात्र आज साँझ बस्ने भनी सभासदलाई जानकारी गराइएको थियो ।
संविधान लेखनलाई अघि बढाउने सन्दर्भमा प्रमुख चार पक्षबीच खासगरी अझै पनि धर्म, प्रदेशको सीमा, राष्ट्रिय दलको मान्यता प्राप्त गर्न निश्चित मत प्रतिशत कायम राख्नेलगायतका विषयमा मतैक्यता बन्न बाँकी नै छ ।
प्रस्तावित नयाँ संविधानको मस्यौदालाई अघि बढाउने सन्दर्भमा प्रमुख चार दलबीच छ प्रदेश रहने गरी सङ्घीय प्रदेशको सीमा निर्धारणपछि मुलुकका विभिन्न भागमा समर्थन र विरोधका रयाली, जुलुस र आन्दोलनका घटना हुँदै आएका छन् ।
सभामुख सुवास नेम्वाङले अर्को सूचना जारी नभएसम्मका लागि संविधानसभाको बैठक स्थगन गरेका छन् ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा