काठमाडौँ, २८ साउन । नेपालका भूकम्पपीडितको सहयोगार्थ यही साउन ३० र ३१ गते हङकङमा हुने क्रिकेट खेलमा नेपालबाट क्रिकेटरले सहभागिता जनाउने भएका छन् ।
‘खेलले जीवन परिवर्तन गर्न सक्छ’ भन्ने नारा दिइएको ‘सिक्सेस फर नेपाल’ कार्यक्रममा नेपाली खेलाडी शक्ति गौचन, वसन्त रेग्मी, शरद भेषवाकर, भुवन कार्की, सोमपाल कामी र सिद्धान्त लोहनीको सहभागिता हुने छ ।
हङ्कङ क्रिकेट सङ्घको आयोजनामा हुन लागेको ‘सुपर सिक्स इभेन्ट’मा छ टोली हुनेछन् । ती टोलीलाई दुई समूहमा विभाजन गरेर एक समूहमा तीन–तीन टोली बनाइनेछ । प्रत्येक टोलीमा एक नेपाली खेलाडी तथा बाँकी हङ्कङका खेलाडी हुनेछन् । भूकम्प प्रभावित छ जिल्लाका नामबाट टोलीको नाम राखिएको छ, जसमा शक्तिले दोलखा, वसन्तले रसुवा, शरदले सिन्धुपाल्चोक, भुवनले धादिङ, सोमपालले गोरखा र सिद्धान्तले नुवाकोटबाट खेल्नेछन् ।
हङ्कङ क्रिकेट सङ्घले क्रिकेट प्रतियोगितामा सिद्धान्तलाई पनि मौका दिएको छ । नेपाली टोलीका युवा प्रतिभा सिद्धान्तलाई ‘किङ अफ हेलिकप्टर सट’ भन्दै खेल्ने मौका दिइएको बताइएको छ । अघिल्लो महिना सम्पन्न टी–ट्वन्टी विश्वकप छनोटमा जर्सीविरुद्ध डेब्यु गरेका सिद्धान्तले ‘हेलिकप्टर सट’ प्रहार गरेर १६ बलमा २७ रन जोड्दै राम्रो प्रभाव छाडेका थिए । सोही प्रदर्शनका कारण मलेसियामा भएको विश्व ११ विरुद्धको ‘च्यारिटी म्याच’मा पनि उनले मौका पाएका थिए ।
प्रतियोगिताको विजेता टोलीले अन्तिममा नेपालसँग छुट्टै सुपर ओभरको फाइनल खेल्ने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । खेलका क्रममा उठेको सम्पूर्ण रकम हङ्कङ क्रिकेट सङ्घले नेपाललाई उपलब्ध गराउने क्यानका प्रमुख कार्यसञ्चालन अधिकृत छुब्दी लामाले बताए ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार