काठमाडौँ, २७ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दुई हप्ताभित्र संविधान जारी हुने बताएका छन् ।
आज यहाँ आयोजित कार्यक्रममा नेकपा (एमाले) का युवा नेता तथा उद्योगमन्त्री महेश बस्नेतको संस्मरण ‘म महेश’ विमोचन समारोहमा उहाँले देशको समग्र हित हुने खालको संविधान दुई हप्ताभित्र जारी हुने दोहोरयाए ।
अध्यक्ष ओलीले भने, “यो भएन भने रक्तपात हुन्छ, त्यो भएन भने रक्तपात हुन्छ भन्ने होइन, एक जनाको मात्र कुरा मिलेर हुँदैन, सम्पूर्ण जनताका लागि मिल्नुपर्छ, देशको अस्तित्वको रक्षा हुनुपर्छ ।”
देशको आवश्यकताको आधारमा न्यायको सिद्धान्तअनुसार कतिपय कुराहरु संशोधन गर्न सकिने भन्दै उनले प्रदेश नै नबनाईकन राजधानी बनाउने हतारो गर्न नहुने प्रष्ट पारे ।
अध्यक्ष ओलीले उद्योगमन्त्री बस्नेत मन्त्री, साहित्यकार मात्र नभएर बहुआयामिक व्यक्ति भएको र देशको परिर्वतन र विकासका लागि निरन्तर लाग्ने युवा भएको चर्चा गरे ।
नेकपा (एमाले) का सचिव प्रदीपकुमार ज्ञवालीले सार्वजनिक भएको कृति ‘म महेश’ मा महेशका तीन जीवनका खण्डहरु जीवनको पूर्वाध, युथ फोर्स र युवा सङ्घमा रहदा र हाल मन्त्री हुँदाका बखतमा आपूmले सामना गर्नुपरेको कुरा समेटिएको जानकारी दिए ।
नेकपा (एमाले)का पोलिटब्युरो सदस्य पशुपति चौलगाईले आफु युवा सङ्घको अध्यक्ष हुँदा मन्त्री बस्नेत भक्तपुरको एमाले गाउँ विकास कमिटिको अध्यक्ष भएको र आपूmले युवा सङ्घको केन्द्रीय सदस्य बनाएको व्यक्तिले १७ वर्षमा यहाँसम्म आईपुगेको स्मरण गराए ।
कार्यक्रममा नेकपा (एमाले)का उपाध्यक्ष तथा गृहमन्त्री बामदेव गौतम, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारी, सभासद्, उद्योग व्यवसायी, पार्टीका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता थियो ।
गाँथली प्रकाशनद्धारा प्रकाशित सो संस्मरणको मूल्य रु ६५० रहेको छ । कार्यक्रममा पुस्तक किन्नेको पनि निकै घुईचो थियो ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते