काठमाडौँ, २७ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दुई हप्ताभित्र संविधान जारी हुने बताएका छन् ।
आज यहाँ आयोजित कार्यक्रममा नेकपा (एमाले) का युवा नेता तथा उद्योगमन्त्री महेश बस्नेतको संस्मरण ‘म महेश’ विमोचन समारोहमा उहाँले देशको समग्र हित हुने खालको संविधान दुई हप्ताभित्र जारी हुने दोहोरयाए ।
अध्यक्ष ओलीले भने, “यो भएन भने रक्तपात हुन्छ, त्यो भएन भने रक्तपात हुन्छ भन्ने होइन, एक जनाको मात्र कुरा मिलेर हुँदैन, सम्पूर्ण जनताका लागि मिल्नुपर्छ, देशको अस्तित्वको रक्षा हुनुपर्छ ।”
देशको आवश्यकताको आधारमा न्यायको सिद्धान्तअनुसार कतिपय कुराहरु संशोधन गर्न सकिने भन्दै उनले प्रदेश नै नबनाईकन राजधानी बनाउने हतारो गर्न नहुने प्रष्ट पारे ।
अध्यक्ष ओलीले उद्योगमन्त्री बस्नेत मन्त्री, साहित्यकार मात्र नभएर बहुआयामिक व्यक्ति भएको र देशको परिर्वतन र विकासका लागि निरन्तर लाग्ने युवा भएको चर्चा गरे ।
नेकपा (एमाले) का सचिव प्रदीपकुमार ज्ञवालीले सार्वजनिक भएको कृति ‘म महेश’ मा महेशका तीन जीवनका खण्डहरु जीवनको पूर्वाध, युथ फोर्स र युवा सङ्घमा रहदा र हाल मन्त्री हुँदाका बखतमा आपूmले सामना गर्नुपरेको कुरा समेटिएको जानकारी दिए ।
नेकपा (एमाले)का पोलिटब्युरो सदस्य पशुपति चौलगाईले आफु युवा सङ्घको अध्यक्ष हुँदा मन्त्री बस्नेत भक्तपुरको एमाले गाउँ विकास कमिटिको अध्यक्ष भएको र आपूmले युवा सङ्घको केन्द्रीय सदस्य बनाएको व्यक्तिले १७ वर्षमा यहाँसम्म आईपुगेको स्मरण गराए ।
कार्यक्रममा नेकपा (एमाले)का उपाध्यक्ष तथा गृहमन्त्री बामदेव गौतम, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारी, सभासद्, उद्योग व्यवसायी, पार्टीका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता थियो ।
गाँथली प्रकाशनद्धारा प्रकाशित सो संस्मरणको मूल्य रु ६५० रहेको छ । कार्यक्रममा पुस्तक किन्नेको पनि निकै घुईचो थियो ।
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ