प्यूठान, २६ साउन । प्यूठान सदरमुकाम नजिकै भएको बस दुर्घटनामा मृत्यु भएका १० मध्ये नौ जनाको सनाखत भएको छ ।
सोमबार दिउँसो सदरमुकामबाट बाङ्गेफेदी जाँदै गरेको ना३ख ८३८३ नम्बरको यात्रुबाहक बस साँगुरो घुम्ती रहेको सारिवाङको सडकबाट खोलामा पल्टिँदा घटनास्थलमै छजना र उपचारका लागि लैजाँदै गर्दा चार जना गरी अहिलेसम्म दश जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्कीले बताए ।
मृतकमध्ये प्यूठान नगरपालिका– १४ की माया केसी, तोरवाङ गाविसका नरेन्द्र जिसी, प्यूठान नरपालिका–२ का सञ्जय सुनार (जुनु), कपिलवस्तुका लङ्कबहादुर रावत, दाङ गढवाकी सीता पण्डित, प्यूठान नगरपालिका–१५ का हस्तबहादुर बस्नेत, तोरवाङ–५ का दानबहादुर पोख्रेल, ढुङ्गेगढी–१ का नामुमाया राई र तुषारा–५ का शिवु गिरीको सनाखत भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनामा परी मृत्यु भएका अन्दाजी १२ वर्षीय बालकको सनाखत हुन सकेको छैन ।
घटनामा गम्भीर घाइते भएका १३ जनाको अहिले भैरहवामा उपचार भइरहेको छ । त्यस्तै घाइते ११ जनाको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।
त्यस्तै जिल्ला अस्पताल र स्वर्गद्वारी लाइफकेएर हस्पिटलबाट केही घाइते उपचारपछि घर फर्किसकेका छन् । यात्रुबाहक बस पुरानो भएको र तीव्र गतिमा रहेकाले घुम्तीमा दुर्घटना परेको हुनसक्ने अनुमान गरिएको छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित