
हिन्थादा (म्यानमार), २५ साउन । म्यानमारमा जारी बाढीमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या एक सय पुगेको सोमबार स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।
यस बाढीको प्रभाव राष्ट्रव्यापी रुपमा परेको र कम्तीमा पनि दश लाख व्यक्ति प्रभावित भएको बताइएको छ । बाढी प्रभावित इलाकाबाट लाखौं व्यक्ति विस्थापित भएका छन् ।
भीषण बाढीका कारण चार लाख ८६ हजार हेक्टर जमिन जलमग्न भएको र सोमध्ये चार लाख ३० हजार हेक्टर जमिन ध्वस्त भएको बताइएको छ ।
यस बाढीबाट ज्यान गुमाउनेहरूमा सबभन्दा बढी राखिन राज्यमा रहेका जनाइएको छ । त्यसैगरी मन्दालाय, साङगइ्ङग र सान राज्यका व्यक्तिहरुले पनि सो बाढीको प्रकोपबाट ज्यान गुमाएका छन् ।
भारी मात्रामा वर्षासँगै म्यानमारका विभिन्न क्षेत्रमा बाढीको प्रकोप निकै बढेको छ । सो बाढीका कारण अरु पनि कयौँ नागरिक हराएका छन् ।
म्यानमारमा बाढीबाट बर्सेनि ठूलो सङ्ख्याका नागरिक घरबारबिहीन हुने गरेका छन् । भारी मौसमी वर्षाका कारण भारत, नेपाल पाकिस्तान र भियतनाममा बाढी र पहिरोबाट सयौं व्यक्तिको ज्यान जाने गरेको छ ।
सन् २००८ को मे महिनामा म्यानमार आएको नगीर्स् नामको आँधीबाट कम्तीमा पनि एक लाख ३८ हजार व्यक्ति हराएका वा बेपत्ता भएका थिए ।
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने