जेनेभा (स्विजरल्यान्ड), २५ साउन । जेनेभास्थित संयुक्त राष्ट्रसङ्घ (यूएनओजी) का प्रतिनिधि सहभागितामा लिबियामा सोमबार हुने भनिएको नयाँ चरणको राजनीतिक वार्ता मङ्गलबारका लागि सरेको यूएनओजीले जनाएको छ ।
लिबियाबारेमा हुने राजनीतिक छलफल संयुक्त राष्ट्रसङ्घका महासचिव वान कि मुनका लिबियाका लागि विशेष प्रतिनिधि वर्डनाडिनो लिअन सोमबार जेनेभा पुग्न नसकेका कारण एक दिन पछि सारिएको राष्ट्रसङ्घले जनाएको छ ।
“लिबियाका बारेमा हुने भनिएको नयाँ चरणको राजनीतिक वार्ता आज हुन नसकेको साथै सम्भवत मङ्गलबार सुरु हुनेछ,” यूएनओजीले एक विज्ञप्ति जारी गरी जनाएको छ ।
लिबियाली एक अधिकारीसँगको बृहद् छलफलपछि गएको शुक्रबार लिअनले नयाँ चरणको वार्ता सोमबारदेखि बुधबारसम्म हुने घोषणा गरेका थिए ।
नयाँ चरणको वार्ताका लागि राष्ट्रसङ्घका महासचिवका लिबियाली विशेष प्रतिनिधिले लिबियाका मुख्य दललाई वार्ता सफल पार्न आफ्नो प्रयासलाई दुईगुणा बढाउँदै छलफलमा सहभागी हुन आग्रह गरेका थिए ।
उहाँले यहाँका राजनीतिक शक्ति, धार्मिक समुदाय तथा नागरिक समाजलाई विद्यमान राजनीतिक भिन्नतालाई घटाउँदै वार्तामा सहभागी हुन आग्रह गरेका थिए ।
लिबियामा भइरहेको द्वन्द्वलाई अन्त्य गर्ने प्रयासस्वरूप राष्ट्रसङ्घले विभिन्न चरणमा द्वन्द्वरत् पक्षसँग गएको सेप्टेम्बरदेखि समन्वय गर्दै आएको छ ।
राष्ट्रसङ्घको पहलमा भएको युद्धबिराम गर्ने सहमतिका बाबजुद पनि लिबियामा द्वन्द्व मत्थर हुन सकेको छैन । आक्रमण तथा प्रत्याक्रमणका घटना दोहोरिँदै आइरहेका छन् ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते