काठमाडौँ, २५ साउन । व्यवस्थापिका–संसद्को विकास समितिले मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) को स्तरोन्नति तथा गुणस्तरीय सेवा सञ्चालनबारे चासो लिएको छ ।
समितिले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, मन्त्रालयका सचिव तथा मातहत निकायका पदाधिकारीसँग छलफल गरी गुणस्तरीय सेवा सञ्चालनतर्फ हालसम्म भएको कार्यप्रगतिबारे जानकारी लिएको हो ।
बैठकमा बोल्ने अधिकांश सभासद्हरूले पर्यटकको पहिलो प्रभाव पर्ने अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति र गुणस्तर अभिवृद्धिलाई विशेष ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गरेका थिए ।
सभासद्हरू रामचन्द्र पोखरेल, वैजनाथ चौधरी, रामकुमार भट्टराई, जनार्दन ढकाल, सीता गिरी ओली, तुलसा राना, आङ्टावा शेर्पालगायतले विमानस्थलको आन्तरिक व्यवस्थापनलाई सुधार गरी सेवालाई चुस्त र प्रभावकारी बनाइनुपर्नेमा जोड दिए ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपाशुर शेर्पाले विमानस्थल सुधारको काम भइरहे पनि उपेक्षित प्रगति नदेखिएको भन्दै तत्कालै परिणाम देखिने गरी काम अघि बढाउन मातहत निकायलाई निर्देशन दिएका छन् ।
उनले विमानस्थलको स्तारोन्नतितर्फ जमिनमुनिको पार्किङको काम ८० प्रतिशत सकिएको जानकारी दिँदै जमिनमुनि पार्किङ र माथि सरकारी कार्यालय राख्ने योजना रहेको बताए ।
पर्यटन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले अन्तर्राष्ट्रिय विमानस्थलको गुणस्तरीय सेवा प्रदानका लागि मन्त्रालय र मातहतका निकाय लागिपरेको जानकारी दिँदै पर्यटन प्रवद्र्धन गर्ने सम्बन्धित निकायका काममा सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण समयमै काम गर्न कठिनाइ भइरहेको समितिलाई जानकारी गराए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले टिआइएलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्डअनुरूप स्तरोन्नति र सेवा गुणस्तरबारे आवश्यक पूर्वाधार निर्माण तथा सेवा सुधारको काम भइरहेको जानकारी दिए ।
टिआइएका कामु महाप्रबन्धक वीरेन्द्र श्रेष्ठले विमानस्थलको स्तरोन्नति र सेवा गुणस्तरबारे आव २०७१÷७२ मा ७० प्रतिशत काम गर्ने लक्ष्य लिइएकामा विविध कारणले १४ प्रतिशत मात्र काम भएको जानकारी दिए ।
यसैबीच, विकास समितिले एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आइकाओ मापदण्डअनुसारको निर्माण कार्यलाई तीव्रता दिन तथा स्तरोन्नति र गुणस्तरीय सेवा प्रवाह गर्नेतर्फ सक्रियतापूर्वक लाग्न पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ ।
स्थानीयस्तरमा देखिएका समस्या समाधान गर्नेतर्फ समन्वयकारी भूमिका निर्वाह गरिदिन गृह मन्त्रालय एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई समेत समितिले निर्देशन दिएको छ ।
समितिका सभापति रवीन्द्र अधिकारीले विमानस्थलको स्तरोन्नति र आइकाओ मापदण्ड बनाउने सन्दर्भमा सम्पादन गरिएका कार्य, देखिएका समस्या र समाधानका लागि समितिले खेल्नुपर्ने भूमिकाबारे विस्तृत विवरण समितिलाई उपलब्ध गराउन पर्यटन मन्त्रालय र टिआइएलाई आग्रह गरे । समितिले विमानस्थलको सेवा प्रवाह गर्न अवरोध पु¥याउँदै आएका भौतिक संरचनाहरू (जस्तैः कोटेश्वरको आठतले घर तथा वरिपरि निर्माण भएका संरचनाहरू) तीन महिनाभित्र हटाउन सम्बन्धित मन्त्रालय र उपत्यका विकास र नगर विकास प्राधिकरण तथा महानगरपालिकालाई निर्देशन दिएको छ ।
बैठकले विमानस्थलभित्रको व्यवस्थापनलाई चुस्त दुरुस्त राख्न, २४ सै घन्टा सरसफाइमा ध्यान दिन तथा आन्तरिक सजावट र सौन्दर्यमा अभिवृद्धि गरी नमुना विमानस्थल बनाउन तत्कालै काम अघि बढाउन निर्देशन दिएको छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित