
दिवगंत वरिष्ठ राजनीतिज्ञ राजेश्वर देवकोटालाई अन्तिम श्रद्धाञ्जलि दिँदै बरिष्ठ चिकित्सक उपेन्द्र देवकोटा । तस्बिर ः अच्युत रेग्मी, रासस
काठमाडौंँ, २५ साउन । वरिष्ठ राजनीतिज्ञ तथा साहित्यकार राजेश्वर देवकोटाको ८६ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।
जनैखटिराका कारण दुई सातादेखि बाँसबारीस्थित न्युरो अस्पतालमा उपचाररत उहाँलाई निमोनियाको सङ्क्रमण पनि देखिएको थियो ।
देवकोटाका सहयोगी अनिल योगीका अनुसार बिहान ५ बजे अस्पतालमा उहाँको निधन भएको हो । उहाँका एक छोरा र दुई छोरी छन् ।
देवकोटाको पार्थिव शरीरमा श्रद्धाञ्जलिका लागि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको परिसरमा राखिनेछ । त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । देवकोटाको जन्म विसं १९८६ मा गोरखाको पण्डितगाउँमा भएको थियो ।
विसं २००७ को जयतु संस्कृतम् आन्दोलनका एक अगुवा देवकोटा राष्ट्रिय पञ्चायतको अध्यक्ष र पूर्वमन्त्री समेत भएका थिए । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक, राष्ट्रवादी अभियानका संयोजक थिए ।
साहित्यिक आख्यान लेखनमा पनि स्थापित देवकोटाले ‘उत्सर्ग प्रेम’ उपन्यासका लागि २०४४ सालमा मदन पुरस्कार पाउनुभएको थियो । यस्तै, साझा पुरस्कार, वेदनिधि पुरस्कार, भानुजस्ता पुरस्कार पाइसकेका छन् ।
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ