
लन्डन । डान्स इण्डिया डान्सकी विजेता नेपाली किशोरी तेरिया मगर आफ्नो कला देखाउन बेलायत आउने भएकी छिन् । तेरियाले आगामी १३ सेप्टेम्बरमा रिभरमेड लिजर सेन्टर रेडिङ र १४ मा ह्यारो लिजर सेन्टर लन्डनमा हुने दशैं मेघा इभेन्टमा नृत्य देखाउने आयोजकले जनाएका छन् । एक शोमा उनले ५ वटा जति नृत्य प्रस्तुत गर्ने अपेक्षा छ । तेरियालाई गायकहरु हेमन्त राना र मिलन लामाले समेत साथ दिनेछन् ।
आइतबार फार्नबोरोमा आयोजित पत्रकार सम्मेलनमा आयोजकमध्ये एक एभरेष्ट मनी एक्सप्रेसका मुछेत्र गुरुङले इण्डियामा डान्स प्रतियोगिता जितेर तेरियाले नेपाल र नेपालीलाई विश्वभर चिनाए वापत सम्मान दिन पनि शो गरिएको जनाए ।
तेरिया फाइनल चरण पुग्दै गर्दा बेलायत ल्याउने सोच बनेको उनले दावी गरे ।
जिटिभीसंगको सम्झौतामा तेरियाले यहां दुई शोमात्र गर्नेछिन् । आयोजकले जिटिभीलाई एक शो बराबर तीनलाख १५ हजार भारतीय रुपैयां तिरिएको जनाएका छन् ।
दुई शोबाट आउने मुनाफामध्ये दश प्रतिशत कास्की धम्पुसस्थित उदय मा.वि. र सुनकोशी बाढी पीडितको सहयोगार्थ खर्चने प्रतिवद्धता आयोजकको छ । कार्यक्रम मुछेत्र गुरुङ, कमल गुरुङ, गणेश गुरुङ, नवीन गुरुङ र मिलन गुरुङले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन् ।
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ