
लन्डन । डान्स इण्डिया डान्सकी विजेता नेपाली किशोरी तेरिया मगर आफ्नो कला देखाउन बेलायत आउने भएकी छिन् । तेरियाले आगामी १३ सेप्टेम्बरमा रिभरमेड लिजर सेन्टर रेडिङ र १४ मा ह्यारो लिजर सेन्टर लन्डनमा हुने दशैं मेघा इभेन्टमा नृत्य देखाउने आयोजकले जनाएका छन् । एक शोमा उनले ५ वटा जति नृत्य प्रस्तुत गर्ने अपेक्षा छ । तेरियालाई गायकहरु हेमन्त राना र मिलन लामाले समेत साथ दिनेछन् ।
आइतबार फार्नबोरोमा आयोजित पत्रकार सम्मेलनमा आयोजकमध्ये एक एभरेष्ट मनी एक्सप्रेसका मुछेत्र गुरुङले इण्डियामा डान्स प्रतियोगिता जितेर तेरियाले नेपाल र नेपालीलाई विश्वभर चिनाए वापत सम्मान दिन पनि शो गरिएको जनाए ।
तेरिया फाइनल चरण पुग्दै गर्दा बेलायत ल्याउने सोच बनेको उनले दावी गरे ।
जिटिभीसंगको सम्झौतामा तेरियाले यहां दुई शोमात्र गर्नेछिन् । आयोजकले जिटिभीलाई एक शो बराबर तीनलाख १५ हजार भारतीय रुपैयां तिरिएको जनाएका छन् ।
दुई शोबाट आउने मुनाफामध्ये दश प्रतिशत कास्की धम्पुसस्थित उदय मा.वि. र सुनकोशी बाढी पीडितको सहयोगार्थ खर्चने प्रतिवद्धता आयोजकको छ । कार्यक्रम मुछेत्र गुरुङ, कमल गुरुङ, गणेश गुरुङ, नवीन गुरुङ र मिलन गुरुङले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन् ।
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला