काठमाडौँ, २१ साउन । संविधानको मस्यौदामाथि जनताले दिएका सुझावलाई अन्तिम रूप दिन प्रमुख चार राजनीतिक दलका शीर्ष नेताहरू आज पनि जुटिरहेका छन् ।
खासगरी संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति अन्तर्गतको विशेष समितिमा कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनका अतिरिक्त प्रदेशको सङ्ख्या, प्रदेशका सीमाङ्कन जस्ता महत्वपूर्ण विषयमा केन्द्रित रही अहिले चार दलका शीर्ष नेताहरूबीच सिंहदरबारमा छलफल भइरहेको छ । आज दिनभरमा सहमतिमा पुगिने शीर्ष नेताहरूले जानकारी दिए ।
“जनताले दिएका सुझावलाई समेत समेटी मस्यौदालाई टुङ्ग्याउन शीर्ष नेताका बीचमा छलफल भइरहेको छ,” बैठकबाट एकैछिन बाहिरिएका एकीकृत नेकपा (माओवादी) का नेता डा बाबुराम भट्टराईले सञ्चारकर्मीसँग भने ।
नेपाली काँग्रेस, नेकपा (एमाले), एनेकपा (माओवादी) र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्षहरू बैठक गरिरहेका छन् ।
यसैगरी कार्यदलमा रहेका दोस्रो पुस्ताका नेता तथा विशेष समितिका पदाधिकारीले समानान्तर ढङ्गले काम गरिरहेका छन् ।
बैठकमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारलगायत सहभागी छन् ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते