काठमाडौँ, २१ साउन । संविधानको मस्यौदामाथि जनताले दिएका सुझावलाई अन्तिम रूप दिन प्रमुख चार राजनीतिक दलका शीर्ष नेताहरू आज पनि जुटिरहेका छन् ।
खासगरी संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति अन्तर्गतको विशेष समितिमा कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनका अतिरिक्त प्रदेशको सङ्ख्या, प्रदेशका सीमाङ्कन जस्ता महत्वपूर्ण विषयमा केन्द्रित रही अहिले चार दलका शीर्ष नेताहरूबीच सिंहदरबारमा छलफल भइरहेको छ । आज दिनभरमा सहमतिमा पुगिने शीर्ष नेताहरूले जानकारी दिए ।
“जनताले दिएका सुझावलाई समेत समेटी मस्यौदालाई टुङ्ग्याउन शीर्ष नेताका बीचमा छलफल भइरहेको छ,” बैठकबाट एकैछिन बाहिरिएका एकीकृत नेकपा (माओवादी) का नेता डा बाबुराम भट्टराईले सञ्चारकर्मीसँग भने ।
नेपाली काँग्रेस, नेकपा (एमाले), एनेकपा (माओवादी) र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्षहरू बैठक गरिरहेका छन् ।
यसैगरी कार्यदलमा रहेका दोस्रो पुस्ताका नेता तथा विशेष समितिका पदाधिकारीले समानान्तर ढङ्गले काम गरिरहेका छन् ।
बैठकमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारलगायत सहभागी छन् ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा