काठमाडौँ, २० साउन । नेकपा (एमाले)ले सङ्घीयताको विषयलाई टुङ्गो लगाएर यही साउन मसान्तभित्र छिटो र पूर्ण संविधान जारी गराउन पार्टीका तर्फबाट पहल गर्ने जनाएको छ ।
आज पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको सो पार्टीको स्थायी कमिटीको बैठकले सो निर्णय गरेको सचिव प्रदीप ज्ञवाली जानकारी दिए ।
उनले सङ्घीयताको विषयलाई टुङ्गो लगाएर साउन मसान्तभित्र छिटो र पूर्ण संविधान एमालेको पनि चाहना भएको जनाउँदै आफ्नो पार्टीले संविधान निर्माणमा अवरोध नभई निर्णायक भूमिका निर्वाह गरेको स्पष्ट पारे ।
संविधान जारीपछि सहमतिको राष्ट्रिय सरकार गठन गरी मुलुकलाई पुनःनिर्माणको दिशामा अघि बढाउन एमाले प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
उनले सरकारले संसद्मा प्रस्तुत गरेको बजेटमा उत्पन्न विवादबारे छलफल जारी रहेको बताए ।
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित
काठमाडौँ–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी
मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी
काठमाडौँ ६ मा रास्वपाका शिशिर खनाल र काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ निर्वाचित
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह