काठमाडौँ, २० साउन । नेकपा (एमाले)ले सङ्घीयताको विषयलाई टुङ्गो लगाएर यही साउन मसान्तभित्र छिटो र पूर्ण संविधान जारी गराउन पार्टीका तर्फबाट पहल गर्ने जनाएको छ ।
आज पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको सो पार्टीको स्थायी कमिटीको बैठकले सो निर्णय गरेको सचिव प्रदीप ज्ञवाली जानकारी दिए ।
उनले सङ्घीयताको विषयलाई टुङ्गो लगाएर साउन मसान्तभित्र छिटो र पूर्ण संविधान एमालेको पनि चाहना भएको जनाउँदै आफ्नो पार्टीले संविधान निर्माणमा अवरोध नभई निर्णायक भूमिका निर्वाह गरेको स्पष्ट पारे ।
संविधान जारीपछि सहमतिको राष्ट्रिय सरकार गठन गरी मुलुकलाई पुनःनिर्माणको दिशामा अघि बढाउन एमाले प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
उनले सरकारले संसद्मा प्रस्तुत गरेको बजेटमा उत्पन्न विवादबारे छलफल जारी रहेको बताए ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा