लण्डन । गैर आवासीय नेपाली संघ बेलायतका सचिव दासु पाण्डेले आगामी सेप्टेम्बर १३ मा हुने निर्वाचनमा उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
मंगलबार एक विज्ञप्ती जारी गर्दै पाण्डेले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । कम बोल्ने र काममा विश्वास राख्ने पाण्डेले आफ्नो कार्यकालमा खेलेको भूमिकालाई एनआरएनए बेलायतलाई नजिकबाट हेर्नेले प्रसंसा गरेका छन् ।
तत्कालिन अध्यक्ष योगेनबहादुर क्षेत्री र हालका अध्यक्ष महेन्द्र कंडेलवीच एक एक बर्षको कार्यकाल बांडने सहमतिको पक्षमा सचिव पाण्डे उभिएका थिए । सहमति गरेपछि त्यसलाई मान्नु पर्ने अडानमा पाण्डे रहेपनि तत्कालिन महासचिव योगकुमार फगामी, तत्कालिन सचिव संगीता मरहट्टा क्षेत्रीकै पक्षमा लागेका थिए । एमाले निकट प्रवासी नेपाली मंचसँग सम्बद्ध रहेका पाण्डे अहिले सम्म कुनै टिममा देखिएका छैनन् ।
वर्तमान अवस्थामा एनआरएनए युके भित्र देखिएको असमझदारीलाई हटाउदै एकताबद्ध रुपमा अघि बढाउने उनले बताएका छन् । त्यस्तै, एक पटकको नेपाली सधैका लागि नेपाली भन्ने गैर आवासीय नेपाली संघको एजेण्डालाई टुङोमा पुरयाउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने अठोट उपाध्यक्षका प्रत्यासी पाण्डेको छ ।
पाण्डेले विगतमा आफूले गरेका कामको मुल्यांकन गरि दिन पनि युकेवासी नेपालीलाई आग्रह गरेका छन् । उनी एक सफल व्यवसायी मानिन्छन् ।
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने