काठमाडौँ, १९ साउन । प्रधानमन्त्री सुशील कोइरालाले दलहरू छलफलमा जुटिरहेकाले यही साउनभित्रै संविधान जारी गर्नुको विकल्प नभएको बताएका छन् ।
संविधानसभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गतको विशेष समितिको बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री कोइरालाले पूर्व प्रतिबद्धताअनुसार संविधान नआएमा जनतामा निराशा उत्पन्न हुने जनाए ।
प्रधानमन्त्री कोइरालाले भने–“प्रदेशको सीमाङ्कनसहित साउनभित्र संविधान जारी हुनेमा म धेरै आशावादी छु । संविधान ल्याउनुको विकल्प छैन, त्यसकै लागि हामीहरू दिनभर छलफल गरिरहेका छाँै । सञ्चारमाध्यमले नकारात्मक सन्देश प्रवाह गर्नुभएन ।”
उनले संविधान निर्माणकै लागि आठवर्ष बितिसकेकाले अब धेरै समय लिनु उचित नहुने बताउँदै सबै दल, जनता र अन्तर्राष्ट्रिय समुदाय चिन्तित भएकाले ढिलो गर्दा थप निराशा पैदा हुने धारणा राखे ।
उनले मधेसवादी मोर्चालगायत असहमत पक्षलाई पनि सहमतिमा ल्याउन सीमाङ्कनसहितको संविधान आउने उल्लेख गर्दै ‘संविधान च्यात्छु’ भन्दैमा कसैलाई फाइदा नहुने बताए । प्रधानमन्त्री कोइरालाले सङ्घीयताको सीमाङ्कन टुङ्गिएमा नामाङ्कन ठूलो समस्या नहुने पनि बताए ।
यसैबीच, बैठकपछि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पनि यही साउनभित्रै संविधान आउने विश्वास व्यक्त गरेका छन् । उनले भने – “हामी कार्यविभाजन गरेर काम गरिरहेका छाँै । सीमाङ्कनसहितको संविधान यही साउनभित्र आउँछ ।”
संविधानको प्रारम्भिक मस्यौदामा जनताका सुझावका आधारमा परिमार्जनका लागि सहमति जुटाउने जिम्मा पाएको शीर्षनेता सम्मिलित विशेष समितिको अर्काे बैठक आजै बस्नेछ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित