काठमाडौँ, १५ साउन । युनिटी लाइफ इन्टरनेसनल लिमिटेडका नाममा अर्बौं रुपैयाँ ठगी गर्ने सो संस्थाका प्रबन्ध निर्देशक विष्णुबहादुर क्षेत्री र तालिम निर्देशक कृष्णबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।
रेड कर्नर नोटिससमेत जारी भएका उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलीले आज बिहान नेपाल–भारत सीमा नजिकै कञ्चनपुरको महेन्द्रनगर, गड्डाचौकीबाट पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैलाई धनगढीबाट विमानमा काठमाडौँ ल्याई आज महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरयो ।
उनीहरुले नेपाल राष्ट्र बैंक तथा डिभिजन सहकारी संस्थासँग स्वीकृति नै नलिई निक्षेप सङ्कलनसम्बन्धी वित्तीय कारोबार गरेको तथा विभिन्न जिल्लाका तीन लाख ६६ हजार ३४२ जनाबाट झूठो आश्वासन दिई रु तीन अर्ब ७९ करोड ९८ लाख ७० हजार १०३ उठाई फरार रहेको महानगरीय प्रहरी कार्यालयका प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक विज्ञानराज शर्माले पत्रकार सम्मेलनमा जानकारी दिए ।
विसं २०६७ जेठ ३ गतेदेखि फरार रहेका उनीहरुविरुद्ध ललितपुर जिल्ला अदालतले २०७० साल चैत १७ गतेको फैसलाले तीन वर्ष कैद र जनही रु एक करोड २६ हजार २७६ जाहेरवालालाई भराइदिने फैसला गरेको थियो ।
पर्वत जिल्ला आर्थर डाँडाखर्क गाविस घर भएका उनीहरु नाताले सहोदर दाजुभाइ हुन् ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा