काठमाडौँ, १५ साउन । विद्यार्थी कम भएका र कम दूरीमा रहेका विद्यालय एकापसमा गाभ्ने सरकारी नीतिपछि कुल विद्यालयको सङ्ख्यामा ४१७ ले कमी आएको छ ।
गत वर्ष देशभर कुल ३५ हजार २२३ विद्यालय रहेकामा ४१७ विद्यालय गाभिई गत आवको अन्त्यमा ३४ हजार ८०६ कायम हुन पुगेका छन् । विद्यालय गाभिएपछि प्रावि तहका रिक्त सात हजार ४३० शिक्षकलाई निमावि तहमा दरबन्दी मिलानको काम शिक्षा मन्त्रालयले गरिरहेको छ ।
अर्थ मन्त्रालयले प्रकाशन गरेको आव ०७१, ७२ को ‘मन्त्रालयगत प्रगति विवरण’ मा हाल त्यसमध्ये ३४ हजार ३३५ प्राथमिक, १४ हजार ९२४ निमावि, ३४ हजार ५०६ आधारभूत (१–८) तह, आठ हजार ८१४ मावि र तीन हजार ५९६ उमावि छन् ।
शिक्षा मन्त्रालयले विद्यालय शिक्षालाई थप प्रभावकारी बनाउन कम विद्यार्थी सङ्ख्या भएका र निश्चित दूरीभन्दा कम दूरीमा रहेका विद्यालय गाभेर शिक्षक दरबन्दी मिलानको कार्य अघि सारेको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते