काठमाडौँ, १३ साउन । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले पेसागत चासोका अतिरिक्त अग्रगामी संविधान बनाउनेमा विशेष ध्यान पुरयाउन आग्रह गरेका छन् ।
नेपाल पत्रकार महासङ्घले प्रस्तावित नयाँ संविधानमा सूचना एवम् अभिव्यक्ति स्वतन्त्रता सम्बन्धमा राखिनुपर्ने प्रावधानबारे प्रस्तुत गरेको ध्यानाकर्षण–पत्र संविधानसभा भवन बानेश्वरमा ग्रहण गर्दै उनले प्रेस स्वतन्त्रता लोकतन्त्रको महत्वपूर्ण खम्बा भएकाले त्यसको सुनिश्चितताका लागि आफूले सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे ।
अघिल्लो संविधानसभाले गरेको कार्यको उपलब्धि ग्रहण गर्नेलगायत दलबीच भएका सहमति विपरीत संविधान मस्यौदा समितिले गल्ति मात्रै होइन, बद्मासी र अपराधजन्य काम गरेर मस्यौदा ल्याएको बताउँदै उनले भने– “विगतको सहमतिलाई उल्टाउने गरी आएको मस्यौदालाई कतिपयले त कम्प्युटरले लेखेको भन्ने अभिव्यक्तिसमेत दिएको पनि पाइन्छ ।”
“अहिलेको मस्यौदालाई सुधार नगरी जाने हो भने उत्पीडित जनताको मागलाई सम्बोधन गर्न नसकिने हो भने आफ्नो मृत्यु पत्रमा हस्ताक्षर गर्ने की अन्य विकल्प सोच्ने भन्ने प्रश्न उब्जिएको छ,’ सभापति डा भट्टराइले भने ।
यसअघि ध्यानाकर्षपत्र प्रस्तुत गर्दै महासङ्घका सभापति डा महेन्द्र विष्टले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संविधानको मस्यौदाले अङ्कुश पार्न खोजिएको हुँदा त्यसलाई व्यापक सुधार र परिमार्जनको खाँचोे रहेको बताएका थिए ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने