काठमाडौँ, १३ साउन । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले पेसागत चासोका अतिरिक्त अग्रगामी संविधान बनाउनेमा विशेष ध्यान पुरयाउन आग्रह गरेका छन् ।
नेपाल पत्रकार महासङ्घले प्रस्तावित नयाँ संविधानमा सूचना एवम् अभिव्यक्ति स्वतन्त्रता सम्बन्धमा राखिनुपर्ने प्रावधानबारे प्रस्तुत गरेको ध्यानाकर्षण–पत्र संविधानसभा भवन बानेश्वरमा ग्रहण गर्दै उनले प्रेस स्वतन्त्रता लोकतन्त्रको महत्वपूर्ण खम्बा भएकाले त्यसको सुनिश्चितताका लागि आफूले सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे ।
अघिल्लो संविधानसभाले गरेको कार्यको उपलब्धि ग्रहण गर्नेलगायत दलबीच भएका सहमति विपरीत संविधान मस्यौदा समितिले गल्ति मात्रै होइन, बद्मासी र अपराधजन्य काम गरेर मस्यौदा ल्याएको बताउँदै उनले भने– “विगतको सहमतिलाई उल्टाउने गरी आएको मस्यौदालाई कतिपयले त कम्प्युटरले लेखेको भन्ने अभिव्यक्तिसमेत दिएको पनि पाइन्छ ।”
“अहिलेको मस्यौदालाई सुधार नगरी जाने हो भने उत्पीडित जनताको मागलाई सम्बोधन गर्न नसकिने हो भने आफ्नो मृत्यु पत्रमा हस्ताक्षर गर्ने की अन्य विकल्प सोच्ने भन्ने प्रश्न उब्जिएको छ,’ सभापति डा भट्टराइले भने ।
यसअघि ध्यानाकर्षपत्र प्रस्तुत गर्दै महासङ्घका सभापति डा महेन्द्र विष्टले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संविधानको मस्यौदाले अङ्कुश पार्न खोजिएको हुँदा त्यसलाई व्यापक सुधार र परिमार्जनको खाँचोे रहेको बताएका थिए ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते