काठमाडौँ, १२ साउन । सभामुख सुवास नेम्वाङले व्यवस्थापिका–संसद्को मंगलबारको बैठकको कारबाही प्रारम्भसँगै सांसदहरुले उठाउँदै आएका सार्वभौमसत्तामाथिको चलखेल, राजनीतिक खिचलो अन्त्य, धार्मिक सहिष्णुता कायम राख्न तथा भ्रष्टाचारमुक्त शासन व्यवस्था कायम राख्नुपर्ने जस्ता विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद रामअयोध्याप्रसाद यादवले तराईका विभिन्न जिल्लालाई सुक्खा क्षेत्रको घोषणा गर्न माग गर्दै किसानलाई राहतको व्यवस्था गर्न माग गरे । सांसद प्रकाश ज्वालाले धर्मका नाममा कसैले पनि राष्ट्र टुक्राउने अभिव्यक्ति दिन नमिल्ने बताउनभुयो । सांसद रामनारायण बिँडारीले भूकम्पपीडितको पुनःस्थापनाका लागि सरकारले चासो नदेखाएको आरोप लगाए ।
सांसद रामकुमार सुब्बाले पूर्वाञ्चलको इटहरी चोकमा प्रहरीले जनतालाई निर्ममतापूर्वक दिएको यातनाका सम्बन्धमा सत्य तथ्य बुझी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरे । सांसद अशोक राईले झापाको लखनपुरस्थित रङ्गाशालाको नाम मेटाएर सरकारले मदन भण्डारी रङ्गशाला नामाकरण गरेकामा खेद प्रकट गरेका थिए । त्यस्तै सांसद रामहरि सुवेदी, रामहरि खतिवडा, तुलसा राणा, हरिचरण साह, डिम्पल कुमारी झा र लोकमणि ढकाललगायतले विभिन्न जातजाति, धर्म सम्प्रदायका नाममा कोही कसैले कोही कसैमाथि आरोप प्रत्यारोप लगाउन नहुने बताए ।
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ