गौशाला, १२ साउन । महोत्तरी जिल्लाको प्रकौली गाविसमा आज अनैतिक क्रियाकलाप गर्दै गरेका एक शिक्षक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जलेश्वर नगरपालिका– ४ घर भई प्रकौली– ४ स्थित दामोदर एकेडेमी विद्यालयमा कार्यरत शिक्षक २१ वर्षीय राकेश साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
विद्यालयमा रिसेप्सनिस्टको काम गर्दै आएकी सिन्धुली जिल्ला कमलामाई नगरपालिका– ४ बस्ने २० वर्षीया महिलासँग प्रकौली– ४ मा अनैतिक क्रियाकलाप गर्दै गर्दा साहलाई घर मालिकले पक्राउ गरेको प्रहरी उपरीक्षक शौरभ राणाले बताए ।
घरपट्टिले शिक्षक साह र रिसेप्सनिस्ट दुवैलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाएको छ भने जिल्ला प्रहरीले दुवैजनामाथि सार्वजनिक अपराध मुद्दा चलाएको छ ।
एनआरएनए ,अवकाश प्राप्त राष्ट्रसेवक, निजी क्षेत्रका विज्ञबीचको छलफलमा के भयो ?
नेपाल आदिवासी जनजाति महासङ्घद्वारा सांसदसमक्ष १८ बुँदे अडानपत्र प्रस्तुत
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका