काठमाडौँ, ११ साउन । संविधानको प्रारम्भिक मस्यौदामा नागरिकबाट आएको सुझावलाई कसरी सम्बोधन गर्ने भन्ने सम्बन्धमा केन्द्रित रहेर बसेको प्रमुख चार दलको बैठक सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रमुख दलका सचेतकले त्यस सम्बन्धमा नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले जनतालाई दिएका सुझावलाई प्रतिवेदनका रुपमा तयार गर्न गरिरहेको प्रयास र सुझाव कार्यान्वयनमा लाने सन्दर्भमा अपनाउनुपर्ने विधि र प्रक्रियाका सम्बन्धमा जानकारी गराएका थिए ।
बैठकमा जनताले दिएका सुझावलाई के कस्तो ढङ्गले कति र कसरी सम्बोधन गर्ने सम्बन्धमा आगामी बैठकमा दलगत धारणा प्रस्तुत गर्ने गरी सोमबारको बैठक स्थगन भएको नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री एवम् काँग्रेसका सभापति सुशील कोइराला, नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष विद्यादेवी भण्डारी, एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाललगायतको सहभागिता थियो । बैठक मङ्गलबार बिहान ९ बने पुनः बस्ने जनाइएको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते