काठमाडौँ, ११ साउन । संविधानको प्रारम्भिक मस्यौदामा नागरिकबाट आएको सुझावलाई कसरी सम्बोधन गर्ने भन्ने सम्बन्धमा केन्द्रित रहेर बसेको प्रमुख चार दलको बैठक सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रमुख दलका सचेतकले त्यस सम्बन्धमा नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले जनतालाई दिएका सुझावलाई प्रतिवेदनका रुपमा तयार गर्न गरिरहेको प्रयास र सुझाव कार्यान्वयनमा लाने सन्दर्भमा अपनाउनुपर्ने विधि र प्रक्रियाका सम्बन्धमा जानकारी गराएका थिए ।
बैठकमा जनताले दिएका सुझावलाई के कस्तो ढङ्गले कति र कसरी सम्बोधन गर्ने सम्बन्धमा आगामी बैठकमा दलगत धारणा प्रस्तुत गर्ने गरी सोमबारको बैठक स्थगन भएको नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री एवम् काँग्रेसका सभापति सुशील कोइराला, नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष विद्यादेवी भण्डारी, एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाललगायतको सहभागिता थियो । बैठक मङ्गलबार बिहान ९ बने पुनः बस्ने जनाइएको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार