काठमाडौँ, ८ साउन । सरकारले गत आव २०७१, ७२ मा जलवायु परिवर्तनको प्रतिकूल प्रभाव कम गर्न प्राथमिकताका साथ विभिन्न कार्य सञ्चालन गरेको जनाएको छ ।
अर्थमन्त्रालयले प्रकाशित गरेको गत आवको मन्त्रालयगत प्रगति विवरणमा जलवायु परिवर्तनको प्रतिकूल प्रभाव कम गर्न नेपालले चाल्नुपर्ने कदमको प्रकृतिलाई विचार गरी अनुकूलन, प्रकोप तथा जोखिम न्यूनीकरण, न्यून कार्बन उत्सर्जन र जलवायु समयानुकूलनका कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।
राष्ट्रिय अनुकूलन कार्यक्रम र जलवायु परिवर्तन नीति, २०६७ ले निर्दिष्ट गरेअनुसार मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलका १४ जिल्लाका ९० वटा गाविस र सात वटा नगरपालिकामा स्थानीय अनुकूलन कार्ययोजना तर्जुमा भई कार्यान्वयन भइरहेको सरकारले जनाएको छ ।
यसले स्थानीय जनताको जलवायु परिवर्तनबाट पर्ने असरबाट बच्ने क्षमताको विकास भई उनीहरुको आर्थिक र सामाजिक स्थितिमा सुधार आउने विश्वास लिइएको छ ।
वातावरण र जलवायु परिवर्तनका लागि क्षमता अभिवृद्धिका कार्यक्रमलगायत चिकित्साजन्य फोहर व्यवस्थापनको सम्बन्धमा अध्ययन गरी प्रतिवेदन लिने काम भइरहेको र जलवायु परिवर्तनको प्रतिकूल प्रभाव र जोखिम घटाउने काम हुँदै आएको प्रगति विवरणमा उल्लेख छ ।
काठमाडौँ विश्वविद्यालयसँग समन्वय गरी शिक्षा मन्त्रालयको सहयोग र साझेदारीमा स्नातक र स्नातकोत्तर तहका पाठ्यक्रममा जलवायु परिवर्तनसम्बन्धी विषय समावेश गरी अध्ययन अध्यापन कार्यको थालनी गरिएको छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा