काठमाडौँ, ७ साउन । नेकपा (एमाले) को पार्टी कार्यालय धुम्बाराहीमा एक हप्ताभित्र स्थानान्तरण गरिने भएको छ ।
मदननगरस्थित बल्खुमा बस्दै आएको पार्टी कार्यालयमा भूकम्पका कारणले क्षति पुगेपछि त्यहाँबाट कुनै काम हुन सकेको छैन ।
अहिले पार्टीले सञ्चालन गर्दै आएको कार्यालयमा जोखिम रहेकाले पूर्वतर्फका साना भवन तथा पाल राखेर पार्टीका विभिन्न कार्य हुँदै आएका छन् ।
धुम्बाराहीस्थित पासाङल्हामु शेर्पा स्मृति प्रतिष्ठानको परिसरमा पाँच वर्षका लागि पार्टी कार्यालय राखिने तयारी गरिएको पार्टीका सचिवालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
सो स्थानमा कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा पार्टी कार्यालय स्थानान्तरणको गृहकार्य भए पनि त्यहाँको भौतिक संरचनामा केही निर्माण कार्य बाँकी रहेकाले एक हप्ताभित्र स्थानान्तरण गरिने श्रेष्ठले जानकारी दिए ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते