काठमाडौँ, ५ साउन । नेपाल बार एसोसिएसनले नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामा प्रदेशको सीमाङ्कन गरेर संविधान जारी गनुपर्ने लगायतका सुझाव सभामुख सुवास नेम्वाङलाई बुझाएको छ ।
एसोसिएसनले मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगी बुझाएको प्रस्तावित संविधानको मस्यौदामा सर्वोच्च अदालतमा बढीमा २१ जना न्यायाधीश रहने व्यवस्था गरी अस्थायी न्यायाधीश हटाउनुपर्ने सुझाव दिएको छ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित १५ जना न्यायाधीश रहने संवैधानिक व्यवस्था छ ।
त्यस्तै, १५ वर्ष वकालत गरेको वरिष्ठ अधिवक्ता वा अधिवक्ता सर्वोच्च अदालतको न्यायाधीश हुन योग्य मानिने व्यवस्थाको सट्टा २० वर्ष राखिनुपर्ने र न्याय सेवाको राजपत्राङ्कित प्रथम श्रेणी वा सोभन्दा माथिल्लो पदमा कम्तीमा १२ वर्ष काम गरेको अधिकृत सिधै सर्वोच्च अदालतको न्यायाधीश हुन पाउने व्यवस्था हटाउनुपर्ने सुझाव प्रस्तावित मस्यौदामा राखिएको छ ।
सुझावमा सर्वोच्च अदालतको प्रधान न्यायाधीश र अन्य न्यायाधीश तथा सबै तहका न्यायाधीशको योग्यतामा उच्च नैतिक चरित्र भएको भन्ने व्यवस्था थप गनुपर्नेसमेत रहेको छ भने अन्तर्राष्ट्रिय मूल्यमान्यता अनुरुपको अधिकार क्षेत्र दिई परिर्वतन गरिनुपर्ने वा सर्वोच्च अदालतमै अलग्गै पाँच सदस्यीय स्थायी संवैधानिक इजलास राख्नुपर्ने उल्लेख छ ।
एसोसिएनका महासचिव सुनिलकुमार पोखरेलले प्रदेशको सीमाङ्कन गरेर संविधान जारी गर्नुपर्ने र १० वर्षे संवैधानिक अदालतका सट्टामा पाँचजना सर्वोच्चमा स्थायी न्यायाधीश भएको विशेष इजलास व्यवस्था गर्न माग गरेको बताए ।
सभामुख नेम्वाङले प्रस्तावित मस्यौदामा छुटेका कुरा समेट्ने प्रयास गर्ने विश्वास दिलाएको समेत महासचिव पोखरेलले जानकारी दिए ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा