
रुपन्देही–४ मुर्गियामा आयोजना गरिएको नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदामा सुझाव सङ्कलन कार्यक्रममा सभासद तथा जनता । तस्बिर ः भरत केसी, बुटवल–रासस
काठमाडौँ, ५ साउन । संविधानसभा सचिवालयले मुलुकभर जनमत सङ्कलन कार्य छिटफुट घटनाबाहेक शान्तिपूर्ण रूपमा जारी रहेको जनाएको छ । नेपालको संविधान, २०७२ माथि जनताले स्वतःस्फूर्त रूपमा आफ्नो सुझाव दिइरहेका तथा उत्साहपूर्ण सहभागिता जनाइरहेका छन् ।
संविधानमा समावेश गर्नुपर्ने असाध्यै महत्वपूर्ण सुझाव जनताले दिएको सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए ।
केही जिल्लामा संविधानको मस्यौदामा आफूहरूको धारणा नसमेटिएको भन्दै केही राजनीतिक दलले विरोध गरेको भए पनि अन्य स्थानमा शान्तिपूर्ण तवरले सुझाव सङ्कलन जारी रहेको सहप्रवक्ता कुइँकेलको भनाइ छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल), सङ्घीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टीले भने जनमत सङ्कलन कार्यलाई बहिष्कार गर्दै केही स्थानमा अवरोधको प्रयास गरेका छन् ।
केही स्थानमा भने मस्यौदा नपाइएको गुनासो प्राप्त भएको छ तर सचिवालयले भने कहीँ कतै त्यस्तो भएको भए पनि पूर्णरूपमा त्यस्तो नभएको जानकारी दिएको छ ।
जनताबाट प्राप्त भएको सुझावलाई एकीकृत बनाउन सचिवालयले चारजना उपसचिवको नेतृत्वको कार्यदलसमेत बनाएको छ । यस्तै, ७५ वटै जिल्ला र २४० वटै निर्वाचन क्षेत्रमा पुगेका सचिवालयका कर्मचारीले समेत स्थानीय रूपमा नै सो काम गरिरहेका छन् ।
गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले केही जिल्लामा सामान्य विरोधबाहेक अन्य कुनै घटना नघटेको राससलाई जानकारी दिए ।
उनले मकवानपुर र तराईका केही जिल्लामा सामान्य अवरोध भए पनि अन्य स्थानमा भने जनमत सङ्कलन कार्य शान्ति पूर्णरूपमा जारी रहेको जानकारी दिँदै सामान्य असन्तुष्टिलाई गम्भीर रूपमा लिन नहुने बताए ।
मकवानपुरमा राप्रपा नेपालका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो भने धनकुटामा सामान्य झडप भएको छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित