
रुपन्देही–४ मुर्गियामा आयोजना गरिएको नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदामा सुझाव सङ्कलन कार्यक्रममा सभासद तथा जनता । तस्बिर ः भरत केसी, बुटवल–रासस
काठमाडौँ, ५ साउन । संविधानसभा सचिवालयले मुलुकभर जनमत सङ्कलन कार्य छिटफुट घटनाबाहेक शान्तिपूर्ण रूपमा जारी रहेको जनाएको छ । नेपालको संविधान, २०७२ माथि जनताले स्वतःस्फूर्त रूपमा आफ्नो सुझाव दिइरहेका तथा उत्साहपूर्ण सहभागिता जनाइरहेका छन् ।
संविधानमा समावेश गर्नुपर्ने असाध्यै महत्वपूर्ण सुझाव जनताले दिएको सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए ।
केही जिल्लामा संविधानको मस्यौदामा आफूहरूको धारणा नसमेटिएको भन्दै केही राजनीतिक दलले विरोध गरेको भए पनि अन्य स्थानमा शान्तिपूर्ण तवरले सुझाव सङ्कलन जारी रहेको सहप्रवक्ता कुइँकेलको भनाइ छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल), सङ्घीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टीले भने जनमत सङ्कलन कार्यलाई बहिष्कार गर्दै केही स्थानमा अवरोधको प्रयास गरेका छन् ।
केही स्थानमा भने मस्यौदा नपाइएको गुनासो प्राप्त भएको छ तर सचिवालयले भने कहीँ कतै त्यस्तो भएको भए पनि पूर्णरूपमा त्यस्तो नभएको जानकारी दिएको छ ।
जनताबाट प्राप्त भएको सुझावलाई एकीकृत बनाउन सचिवालयले चारजना उपसचिवको नेतृत्वको कार्यदलसमेत बनाएको छ । यस्तै, ७५ वटै जिल्ला र २४० वटै निर्वाचन क्षेत्रमा पुगेका सचिवालयका कर्मचारीले समेत स्थानीय रूपमा नै सो काम गरिरहेका छन् ।
गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले केही जिल्लामा सामान्य विरोधबाहेक अन्य कुनै घटना नघटेको राससलाई जानकारी दिए ।
उनले मकवानपुर र तराईका केही जिल्लामा सामान्य अवरोध भए पनि अन्य स्थानमा भने जनमत सङ्कलन कार्य शान्ति पूर्णरूपमा जारी रहेको जानकारी दिँदै सामान्य असन्तुष्टिलाई गम्भीर रूपमा लिन नहुने बताए ।
मकवानपुरमा राप्रपा नेपालका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो भने धनकुटामा सामान्य झडप भएको छ ।
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने