काठमाडौँ, ३१ असार । शान्ति तथा पुननिर्माण मन्त्रालयले हालसम्म सशस्त्र द्वन्द्वबाट प्रभावित व्यक्ति तथा तिनका परिवारलाई राहत तथा आर्थिक सहायताका नाममा रु. छ अर्ब २५ करोड, १६ लाख ६६ हजार प्रदान गरेको छ ।
आर्थिक वर्ष २०७१, ०७२ मा भएका काम कारबाहीका सम्बन्धमा जानकारी दिँदै मन्त्रालयले द्वन्द्वका क्रममा मृत्यु भएका व्यक्तिका हकदारलाई राहत उपलब्ध गराउनुका साथै मृतकका परिवार एकल महिला, बेपत्ता पारिएका व्यक्तिका हकदार, विस्थापित, व्यक्तिगत सम्पति क्षति भएका, अपाङ्गलगायतलाई सो आर्थिक सहायता प्रदान गरेको जनाएको हो ।
शिविर व्यवस्थापन तथा माओवादी लडाकुको समायोजन, द्वन्द्व प्रभावित व्यक्ति तथा समुदाय, सुरक्षा तथा सङ्क्रमणकालिन न्याय, संविधानसभा निर्वाचन, राष्ट्रिय तथा स्थानीयस्तरका शान्ति निर्माण पहल र प्राविधिक सहयोगजस्ता आयोजनामा रु २३ अर्ब ५४ करोड, ७९ लाख ४० हजार खर्च भएको पनि कार्यक्रममा जानकारी दिइयो ।
यसैगरी विद्यालय भवन, गाविस भवन, जिल्ला सदरमुकामका सरकारी भवन, पार्क, स्मारक तथा नमूना बस्ती, जिविस, झोलुङ्गे पुललगायतका आयोजनामा रु आठ अर्ब ६३ करोड ५२ लाख ८२ हजार खर्च भएको बताइयो ।
द्वन्द्वमा परेका व्यक्तिको विवरण परीक्षणमा कठिनाई भएको, छात्रबृत्ति बितरणमा भिन्नता आएको, राहत बितरण एकमुष्ठ गर्न नसकिएको, घाइतेको अवस्था पुनर्मूल्याङ्कन हुननसकेको, सम्पति क्षतिको यथार्त मूल्याङ्कन हुन नसकेकोजस्ता समस्या आइपरेको पनि सो अवसरमा जानकारी दिइयो ।
मन्त्रालयका सचिव खुमराज पुंजालीले लामो समयपछि बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन हुनु उल्लेखनीय उपलब्धि भएको बताउँदै द्वन्द्वमा परी मृत्यु भएका र बेपत्ता भएका व्यक्तिका परिवारका लागि राहतस्वरुप थप रु. पाँच लाख निकासा भएको जनाए ।
उनले पुनःनिर्माणकार्य जारी नै रहेकाले यसका लागि रु. एक अर्ब ४४ करोड र शान्ति स्थापनाका लागि रु. ५० करोड निकासा भएको उल्लेख गरे ।
मन्त्रालयले प्रकाशनमा ल्याएको शान्ति नामक पत्रिका पनि लोकार्पण गरिएको थियो ।
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ