
काठमाडौँ, ३० असार । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ट्वेन्टी ट्वेन्टी विश्वकप छनोट प्रतियोगिताअन्तर्गतको चौथो खेलमा नेपाल हङ्कङसँग पाँच विकेटले पराजित भएको छ ।
हारसँगै नेपालको विश्वकप यात्रासमेत कठिन बनेको छ ।
आयरल्यान्डको बेलफास्टमा भएको खेलमा हङ्कङले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । नेपालले पूरै विकेट गुमाएर हङ्कङलाई ११० रनको मध्यम स्कोरको लक्ष्य दिएको थियो ।
जवाफी व्याटिङमा आएको हङकङको सुरुवात भने राम्रो थिएन् । सोमपाल कामीले हङकङका इरफान अहमदलाई पहिलो बलमा आउट गरेपछि नेपालले आशा जगाएको थियो । तर पहिलो विकेट गुमाएपछि संयमित भएर खेलेको हङ्कङले दोस्रो विकेटका लागि अंशुमान राथ र निजाकात खानले महत्वपूर्ण ४८ रनको साझेदारी गरे । यो नै जितको मुख्य आधार बन्यो ।
नेपालका बसन्त रेग्मीले चार ओभरमा १६ दिएर ४ विकेट लिए पनि त्यो जितका लागि पर्याप्त भएन । नेपालको सुरुवात राम्रो भएन ओपनर सुवास खकुरेललाई दुई रनमा गुमाएको नेपालले उपकप्तान ज्ञानेन्द्र मल्ल शून्य रन र कप्तान पारस खड्का एक रनमा आउट भएका थिए ।
१० ओभरको खेल सकिँदा नेपालले पाँच विकेटको क्षतिमा मात्र ३१ रन जोडेको थियो ।
त्यसैगरी सागर पुनले १२ लबमा एक चौकासहित ११, वसन्त रेग्मी १९ बलमा दुई चौकासहित ११, राजेश पुलामी मगर ३४ बल खेल्दै दुई छक्कासहित २५, प्रदीप ऐरी शून्य रनमा आउट भए ।
छैटौँ विकेटका लागि शरद भेषवाकर र राजेश पुलामी मगरले ४० रनको साझेदारी गरेपछि नेपालको स्कोर केही माथि उठेको थियो । शरदले २४ बलमा दुई चौका र एक छम्क्कासहित २७ रन बनाए भने पुलामीले दुई छक्काको मद्दतले २५ रन बनाएका थिए ।
नेपाललाई मध्यमस्कोरमा समेट्ने क्रममा हङ्कङका हासिब अम्दाजले महत्वपूर्ण चार विकेट लिएका थिए । त्यसैगरी इरफान अहमदले दुई, तनवीर अफजल, अजिज खान, निजाकिट खानले समान एक एक विकेट लिएका थिए ।
आजको प्रतियोगितामा सोमपाल कामीले ट्वान्टी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालबाट सबैभन्दा बढी ११ विकेट लिने खेलाडी बनेका छन् ।
आगामी साउन १० गते आयरल्यान्डमा हुने प्रतियोगितामा शीर्ष हुने ६ टोलीले आगामी वर्ष भारतमा हुने विश्व कप क्रिकेट खेल्नेछन् । नेपालले शुक्रबार पपुवा न्युगिनी र शनिबार जर्सीसँग प्रतिस्पर्धा गर्नेछ ।
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी