काठमाडौँ, २८ असार । आदिकवि भानुभक्त आचार्यको २०२औँ जन्मजयन्ती मङ्गलबार देश तथा विदेशमा विभिन्न कार्यक्रमका साथ मनाइँदै छ ।
तनहुँको चुँदी रम्घा गाउँमा विसं १८७१ असार २९ मा जन्म भई वि सं १९२५ असोज ६ मा दिवङ्गत भानुभक्तले आध्यात्म रामायणलाई नेपाली भाषामा अनुवाद गरी नेपाली भाषा, साहित्यमा पुरयाएको योगदानका कारण उनलाई नेपाली साहित्यका आदिकविका रुपमा मान्ने गरिएको छ ।
उहाँका ‘प्रश्नोत्तर’ (विसं १९१०), ‘भक्तमाला’ (विसं १९१०), ‘वधूशिक्षा’ (विसं १९१९), रामगीता (१९२५) जस्ता काव्यसङ्ग्रह तथा अन्य फुटकर कविता प्रकाशन छन् ।
मोतीराम भट्टले विसं १९४८ मा भानुभक्तको जीवनी प्रकाशन गरेपछि नेपाली भाषा साहित्यजगत्मा भानुभक्तको योगदान प्रकाशनमा आएको हो । उनीभन्दा अघि नेपाली भाषामा लेख्ने कविहरु भए पनि तिनका रचनामा नेपाली, हिन्दी, संस्कृत, वज्र आदि भाषाको मिश्रण हुन्थ्यो । ‘भानुभक्तको रामायण’ नेपाली भाषामा लेखिएको सरस, सरल र श्रुतिमधुर भई सबै नेपालीका घर घरमा पढिन्थ्यो, जसले गर्दा पृथ्वीनारायण शाहले गरेको भौगोलिक एकीकरणमा भावनात्मक एकीकरण गराउन योगदान मिल्यो ।
पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रूपमा जन्मेका उनले हजुरबा श्रीकृष्णबाट शिक्षा पाउनाका साथै घाँसीको घाँस काटेर पाटी पौवा बनाउने इच्छाबाट केही न केही गरी नाम कमाउने प्रेरणा प्राप्त गरेका थिए ।
आचार्यलाई राणाकालीन सङ्कटपूर्ण र अस्थिर वातावरणभित्र रामको आदर्श सृष्टि गर्ने मार्गदर्शकका रुपमा समेत लिइन्छ । नेपाली भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन, परम्परा, चरित्र, मर्यादा, पितृप्रेम, भ्रातृत्व, दाम्पत्य, कर्तव्य, देशप्रेम जस्ता विषयलाई लेखेर नेपाली समाजलाई महत्वपूर्ण योगदान गरेका कारण उनलाई राष्ट्रिय विभूतिको सम्मान दिइएको हो ।
भानु जयन्तीका अवसरमा भानु प्रतिष्ठानले नेपाली भाषा तथा जातीय चेतनाका प्रतीक आचार्यको जन्मजयन्तीका अवसरमा मङ्गलबार प्रभातफेरी, सम्मान तथा श्रद्धाञ्जलि समारोहको आयोजना गरेको छ । विभिन्न साहित्यिक सङ्घसंस्थाले पनि देश तथा विदेशमा विभिन्न कार्यक्रमका साथ भानुजयन्ती मनाउँदै छन् ।
नयाँ संविधानमार्फत राष्ट्रिय एकतालाई अझ मजबुत बनाउन भानुभक्त र उनका कृतिको सन्दर्भ अझै बढेको छ ।
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय
अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान