
लन्डन। नेपाल आदिवासी जनजाति महासंघ यूके (नेफिन यूके)ले आगामी ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी (मूलवासी) जनजाति महोत्सव गर्ने भएको छ ।
किरात हाउस ग्याम्बल्स लेन, वकिङ बेलायतमा ८ अगस्ट बिहान ११:३० बजेदेखि महोत्स्व सुरु गर्ने तयारी रहेको नेफिन यूकेका अध्यक्ष मेजर योगेश कोयी राईले जानकारी दिनुभएको छ । उहाँले नेपालका आदिवासी जनजातिहरूको भाषा, संस्कृति, कला, साहित्य, संगीत, खेलकुद, परम्परा तथा पहिचानको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्नुका साथै बेलायतस्थित विभिन्न समुदायबीच आपसी सद्भाव र एकतालाई सुदृढ गराउनु महोत्सवको मुख्य उद्देश्य रहेको बताउनुभयो ।
महोत्सवमा आदिवासी जनजातीय संघसंस्थाहरूबीच सांस्कृतिक तथा धार्मिक झाँकी प्रतियोगिता, पुरुष तथा महिला भलिबल प्रतियोगिता, परम्परागत धनुषवान प्रतियोगिता र स्वयंसेवी कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहने उहाँले बताउनुभयो ।
झाँकी प्रतियोगितामार्फत विभिन्न जातीय संस्थाहरूले आफ्नो मौलिक संस्कृति, धार्मिक परम्परा, भेषभूषा, इतिहास तथा पहिचान झल्काउने झाँकी प्रदर्शन गर्नेछन् । भलिबल तथा धनुषवान प्रतियोगिताले खेलकुदमार्फत समुदायबीच मित्रता, सद्भाव तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ । त्यसैगरी स्वयंसेवी कलाकारहरूले विभिन्न जातीय समुदायका मौलिक गीत, संगीत, नृत्य तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्नेछन्।
नेफिन यूकेले बेलायतभरिका सम्पूर्ण आदिवासी जनजातीय संघसंस्था, समुदाय तथा सांस्कृतिक संगठनहरूलाई आ–आफ्नो सांस्कृतिक, धार्मिक तथा परम्परागत झाँकीसहित महोत्सवमा सक्रिय सहभागिता जनाउन हार्दिक अनुरोध गरेको छ। झाँकी प्रतियोगिताले नेपालका आदिवासी जनजातिहरूको सांस्कृतिक विविधता, मौलिकता तथा समृद्ध सम्पदाको संरक्षण र प्रचार–प्रसारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
स्टल बुकिङ खुला
नेफिन यूकेको २१ जुनमा द प्यालेस रेस्टुरेन्ट, अल्डरसटमा बसेको बैठकले महोत्सवका लागि स्टल बुकिङ खुला गर्ने निर्णय गरिसकेको छ । खाद्य परिकार, हस्तकला, व्यवसाय, सामाजिक संस्था, सांस्कृतिक प्रदर्शनी तथा अन्य सामग्री प्रदर्शन गर्न इच्छुक व्यक्ति वा संस्थाहरूले स्टल बुक गर्न सक्नेछन्। स्टल वितरण “पहिला आउनेलाई पहिला प्राथमिकता”को आधारमा गरिने भएकाले इच्छुक सबैलाई समयमै बुकिङ गर्न अनुरोध गरिएको छ।
स्टल बुकिङ तथा थप जानकारीका लागि उपाध्यक्ष बिमला राई, कोषाध्यक्ष बोम थापा मगरलाई सम्पर्क गर्न भनिएको छ ।
बैठकमा गत १० मे २०२६ मा आयोजित वार्षिक डिनर नाइट कार्यक्रमको समीक्षा समेत गरिएको थियो । बैठकले डिनर नाइट २०२६ अत्यन्त सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालेको नेफिन यूकेका महासचिव फ्रम दुराले जानकारी गराउनुभयो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो