काठमाडौँ, २५ असार । आइसिसी विश्वकप टि–ट्वन्टी छनोट प्रतियोगिताको समूह चरणको पहिलो खेलमा अमेरिकालाई छ विकेटले हराउँदै नेपालले विजयी सुरुआत गरेको छ ।
आयरल्यान्डको बेलफास्टमा जारी प्रतियोगिताअन्तर्गत शुक्रवार पहिलो ओभरमै ओपनर सागर पुनलाई ६ रनमै गुमाएको नेपालको सुरुआत भने राम्रो हुन सकेन । सागरलाई अमेरिकाका जसदीप सिंहले आउट गराएका थिए । अर्का ओपनर अनिल मण्डलले तेस्रो क्रममा आएका ज्ञानेन्द्र मल्लसँग ७८ रनको साझेदारी गर्दै १४ दशमलव २ ओभरसम्म खेल्दै नेपाललाई ८४ रनको स्थितिमा पु¥याए । अनिलले २९ रन जोड्दा ज्ञानेन्द्रले ४३ बलमा ५२ रनको योगदान दिए ।
त्यसपछि विनोद भण्डारी ७ रन मात्र बनाउँदै सस्तैमा आउट भए । चौथो क्रममा आएका कप्तान पारस खड्काले १७ बलमा २१ रन तथा शरद् भेषवाकरले २ रन जोडेपछि नेपालले विजयी लक्ष्य भेटाएको थियो ।
यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा पूरै विकेट गुमाउँदै नेपाललाई १२२ को लक्ष्य दिएको थियो । अमेरिकालाई कम स्कोरमा समेट्न नेपालका लागि शक्ति गौचन र वसन्त रेग्मीले तीन तीन, सोमपाल कामीले दुई तथा सागर पुनले एक विकेट लिएका थिए ।
अमेरिकाका लागि फाहद बाबरले २३, हमाद सहिदले पाँच, अकिम डोडसनले ३९, शिव भासिसातले तीन, म्रुनल पटेलले सात, करन गणेशले १५, जापिन पटेलले एक, अधिल भट्टीले १४, क्याप्टेन मोहमद घाउसले २ र तिमिल पटेलले दुई रन जोडेका थिए ।
टि–ट्वन्टी प्रतियोगितामा नेपाली टोली अमेरिकासँग पहिलो पटक आधिकारिक खेलमा आमनेसामने भई पहिलो जित हासिल गरेको हो । यसअघि सन् २०१३ मा संयुक्त अरब इमिरेट्स (युएई) मा भएको टि–ट्वन्टी विश्वकप छनोट प्रतियोगिताको अभ्यास खेलमा नेपाल अमेरिकासँग पाँच विकेटले पराजित भएको थियो ।
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै