
काठमाडौं । दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम हुनुभएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशले आयोजना गरेको प्रतियोगिताको पोखरामा शनिबार भएको फाइनलमा बत्तीकुमार प्रथम हुन सफल हुनुभएको हो । उहाँले उपाधिसँगै नगद ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनुभएको छ । उहाँले गीत नि:शुल्क रेकर्डिङ गर्ने अवसरसमेत पाउनुभएको छ ।
लमजुङका योगेश परियार द्वितीय, बागलुङकी ललिता घर्ती मगर तृतीय हुनुभएको छ । दोस्रो हुनेले ३३ हजार ३ सय ३३ नगद तथा ट्रफि, मेडल, प्रमाणपत्र पाउनुभएको छ भने तेस्रो हुनले २२ हजार, २ सय २२, ट्रफि, मेडल, प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
कास्कीका समिर पुन सान्त्वना हुन सफल हुनुभयो । सान्त्वना स्थान हासिल गर्नेले ११ हजार, १ सय ११, ट्रफि, मेडल, प्रमाणपत्र पाउनुभएको छ ।
अन्तिम प्रतिस्पर्धामा पर्वतका शोभा परियार, म्याग्दीका शक्ति छिनाल, तनहुँका मन्दिरा थापा मगर, गोरखाका निश्चल गुरुङ, स्याङ्जाकी बत्तीकुमारी थापा, नवलपुरका गणेश विक, मुस्ताङका सबिता छिनाल र मनाङका ममता तामाङ पुग्नुभएको थियो ।
दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान