
लन्डन। समान पेन्सनलगायत मुद्दा उठाउँदै आएका भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने भएको छ ।
लन्डनस्थित नेपाली दूतावासमा विशेष बैठकको आयोजना गरिएको बेलायतका लागि नेपाली दूतावासका कार्यवाहक राजदूत विपिन दुवाडीले जानकारी गराउनुभएको हो । बैठक दिउँसो २:०० बजेदेखि ३:३० बजेसम्म चल्ने बैठकमा दुई देशबीचको आपसी सम्बन्ध र रक्षा लगायतका आपसी चासोका विषयहरू, भूपु गोर्खाहरूको मागको सम्बन्धमा महत्त्वपूर्ण छलफल गर्ने अपेक्षा दूतावास स्रोतले जनाएको छ ।
बैठकमा नेपाल र बेलायतका उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहने जनाइएको छ। बेलायतका रक्षामन्त्री एवं सांसद जोन हेली, भेटेरान्स तथा नागरिक मामिलामन्त्री एवं सांसद लुइस स्यान्डर जोन्स भौतिक रूपमा उपस्थित हुने छन् ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल काठमाडौंबाट भर्चुअल माध्यम (अनलाइन) बाट जोडिने कावा राजदूत दुवाडीले जानकारी दिनुभयो । बैठकमा ‘जी १०’ का सदस्यहरूलाई समेत डाकिएको छ ।
बैठकमा तोकिएको समयभन्दा अगावै अर्थात् दिउँसो १:४० बजेभित्र नै दूतावासमा उपस्थित भइसक्न अनुरोध गरिएको छ ।
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि