
लन्डन । तमुधीं यूकेको आयोजनामा यही २४ मेमा हुने गोर्खा कपको २४ औं संस्करणमा ५६ टिम भिड्ने भएका छन् ।
मिचेटस्थित तमु धीं भवनमा आइतबार आयोजित पत्रकार सम्मेलनमा गोर्खा कप संयोजक एवं स्पोर्टस् सेक्रेटरी क्या. दीपक घलेले मेन ३८, भेट्रान १६ र महिला २ टिमले प्रतिस्पर्धा गर्ने जानकारी दिनुभएको हो । उहाँका अनुसार कार्यक्रममा ३ लाख ५० हजार ६५० पाउन्डभन्दा बढी खर्च हुने अनुमान छ ।
पत्रकार सम्मेलनमार्फत टिम ड्र समेत गरिएको छ ।


प्रतियोगिता क्वीन्स एभिन्यूमा २४ मे बिहान ९ बजेबाट सुरु हुनेछ । विजेतालाई ३ हजार ५ सय पाउन्ड, ट्रफी र सर्टिफिकेट, रनर अपले २ हजार पाउन्ड पुरस्कार पाउनेछन् । यस्तै भेट्रान विजेताले १ हजार ८ सय पाउन्ड साथै महिला टिम विजेता ६ सय पाउन्ड र रनरअपले ४ सय पाउन्ड पुरस्कार पाउने छन् ।
गोर्खा कप स्थलमा खाना, च्यारिटी, लत्ताकपडालगायत १२६ स्टल रहने जनाइएको छ ।
तमु धीं यूके अध्यक्ष जुमकाजी गुरुङले गोर्खा कपको तयारी लगभग सकिएको भन्दै उक्त दिन उपस्थित हुन बेलायतवासी नेपालीलाई अनुरोध गर्नुभयो ।

तस्बिर सौजन्य : मिनप्रसाद गुरूङ
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा