
तस्बिर : धर्म तामाङ
लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले शुक्रबार, १ मे २०२६ का दिन २५७० औँ बुद्ध जयन्ती भव्यताका साथ मनाएको छ ।
अल्डरसटस्थित एम्पायर हलमा बीसीसी यूकेले विशेष पूजा तथा ‘अमितायुस’ दीर्घायु अभिषेक कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमको पहिलो चरणमा बिहान साढे ८ बजेदेखि ‘बोधिचित्त शील’ ग्रहण गर्ने विधि सम्पन्न गरिएको थियो । त्यसलगत्तै बिहान साढे ११ बजे सशस्त्र बलका प्रतिनिधिहरूको उपस्थितिमा झण्डोत्तोलन गरिएको थियो।
कार्यक्रम बीसीसी यूकेका अध्यक्ष आङदावा शेर्पालगायतले संयुक्त रूपमा दीप प्रज्वलन गरी समारोहको औपचारिक उद्घाटन गरेका थिए । बुद्ध जयन्ती समारोहमा विशिष्ट अतिथिहरुमा बेलायती सांसद एलेक्स बेकर, रसमोरका मेयर काउन्सिलर कालम स्टिवर्टलगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
अध्यक्ष शेर्पाले स्वागत मन्तव्य राख्दै संस्थाको गतिविधिबारे प्रकाश पारेका थिए भने उपाध्यक्ष क्याप्टेन देव घलेले खेन्पो साङ्गे फुन्छोक शेर्पाको परिचय गराएका थिए । उक्त अवसरमा खेन्पो साङ्गे फुन्छोक शेर्पाले ‘शान्तिको मार्ग: बुद्धको शिक्षालाई जीवनमा उतार्ने कला’ विषयमा प्रवचन दिँदै सहभागीहरूलाई ‘अमितायुस’ दीर्घायु अभिषेक प्रदान गरेका थिए ।
आमा समूहकी अध्यक्ष शारदा गुरुङलगायत आमा समूहले मण्डल अर्पण गर्ने कार्य गरेको थियो । जुन कार्यले सम्पूर्ण ब्रह्माण्डलाई प्रतीकका रूपमा भगवान्, गुरु वा त्रिरत्न (बुद्ध, धर्म र संघ) लाई श्रद्धापूर्वक अर्पण गर्द छ। यो आफ्नो अहंकार त्याग गर्ने र सकारात्मक कर्म (पुण्य)सञ्चय गर्ने माध्यम मानिन्छ।
त्यस्तै बुद्ध जयन्ति समरोहमा बौद्ध धर्मको सबैभन्दा लोकप्रिय र महत्वपूर्ण सूत्र वाचन गरेका थिए । यसमा ‘शून्यता’को गम्भीर दर्शनलाई संक्षिप्त रूपमा व्याख्या गरिएको छ। यसको प्रसिद्ध मन्त्र “गते गते पारगते पारसंगते बोधि स्वाहा” हो।
महासचिव मेजर कुमार गुरुङले सञ्चालन गरेको कार्यक्रममा प्रमुख सल्लाहकार मेजर खुसीमान पङ्गिलामा गुरुङले ट्रष्टी सदस्यहरूलाई प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रमको अन्त्यमा वरिष्ठ उपाध्यक्ष रोबिन गुरुङले धन्यवाद ज्ञापन गरेका थिए ।
बुद्ध जयन्तीको अवसरमा आयोजित यस विशेष पूजामा बेलायतका विभिन्न क्षेत्रबाट ठुलो सङ्ख्यामा बौद्ध धर्मावलम्बी र भक्तजनहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको समापनपछि सबै सहभागीहरूका लागि दिवाभोज र रात्रिभोजको समेत व्यवस्था गरिएको थियो ।
बेलायतमा बीसीसी यूकेले भव्यताका साथ मनायो २५७० औँ बुद्ध जयन्ती
विश्वकप लिग-२ : युएईमाथि नेपालको जित
बेलायतमा २४औं गोर्खा कप २४ मेमा, प्रतियोगिताको तयारी तीव्र
तमु धीं यूकेका पूर्वअध्यक्ष मेजर लालबहादुर गुरुङको ७६ वर्षको उमेरमा निधन
साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुन्छ : प्रधानमन्त्री वालेन्द्र शाह
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
नेपाल पत्रकार महासंघ यूकेले १० जुलाईमा १५औं स्थापना दिवस मनाउने