
लन्डन । अल्डरसटस्थित एक रेस्टुरेन्टका सञ्चालकहरूविरुद्ध दर्ता गरिएका चारवटा खाद्य सुरक्षा उल्लङ्घनसम्बन्धी मुद्दामा कम्पनीले अदालतमा दोष स्वीकार गरेको छ ।
नेवा ब्रदर्स लिमिटेडले सञ्चालन गर्ने भिन्तुना रेस्टुरेन्टका संचालकहरूले १७ अप्रिल, शुक्रबार बेजिङस्टोक मजिस्ट्रेट कोर्टमा उपस्थित भएर सबै आरोप स्वीकार गरेको हो । अदालतले सेप्टेम्बरसम्म सजाय निर्धारणका लागि मिति तोकेको छ।
रश्मोर बरो काउन्सिलका वातावरण स्वास्थ्य अधिकृतहरूले ह्याम्पसायर ट्रेडिङ स्टान्डर्ड्सबाट प्राप्त सूचनाका आधारमा २०२४ नोभेम्बरमा गरेको निरीक्षणमा रेस्टुरेन्टमा अवैध रूपमा आयात गरिएको सुकुटी (बफ), सक्रिय र ठूलो संख्यामा साङ्लाको संक्रमण, बाहिरी भण्डारण कक्षमा मुसाको दिसा र बोसो साथै खानासम्बन्धी उपकरणहरू महिनौँदेखि नियमित सरसफाइ नगरेको जस्ता गम्भिर त्रुटिहरू भेटिएका थिए । यी अवस्थालाई अत्यन्त जोखिमपूर्ण ठहर गर्दै काउन्सिलका अधिकृतहरूले रेस्टुरेन्टलाई स्वेच्छिक रूपमा तत्काल बन्द गराए । त्यसपछि फुड स्ट्यान्डर्ड्स एजेन्सीको फुड हाइजिन रेटिङ स्किमअन्तर्गत रेस्टुरेन्टलाई शून्य अंकको रेटिङ दिइएको थियो । आवश्यक सुधारपछि व्यवसायले २४ डिसेम्बर २०२४ मा पुनः सञ्चालन अनुमति पाएको थियो ।
उल्लङ्घनका आधारमा काउन्सिलले नेवा ब्रदर्स लिमिटेडविरुद्ध चारवटा फुड सेफ्टी मुद्दा दर्ता गरेको थियो, जसमा कम्पनीले अदालतमा दोष स्वीकार गरिसकेको छ । काउन्सिलका अधिकृतहरूले व्यवसायसँग निरन्तर समन्वय गर्दै आएको र १० सेप्टेम्बर २०२५ मा गरिएको पछिल्लो निरीक्षणमा रेस्टुरेन्टले ‘४’ (राम्रो) रेटिङ प्राप्त गरेको काउन्सिलले जनाएको छ।
रश्मोर बरो काउन्सिलका वातावरण स्वास्थ्य सेवा प्रबन्धक कोलिन एल्बरोले अधिकृतहरूले प्राप्त सूचनाको आधारमा चाँडो र उपयुक्त रूपमा कारबाही गरेको उल्लेख गर्दै सार्वजनिक स्वास्थ्य जोखिम घटाउन गरिएको कदम पूर्ण रूपमा उचित रहेको बताए । उनले सबै उपभोक्तालाई खाना किन्न अघि कुनै पनि व्यवसायको हाइजिन रेटिङ जाँच गर्न सिफारिस गरे ।
अवैध सुकुटी बिक्री गरेकोमा बेलायत अल्डरसटको ‘भिन्तुना’ रेस्टुरेन्ट दोषी
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ