
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने भएको छ ।
बुधबार २९ अप्रिलमा एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरको आह्वानमा सम्पन्न जुम बैठकले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न गैरआवासीय नेपाली संघ यूकेले संघर्ष समितिमार्फत नेपाल सरकारलाई दबाबमूलक कार्यक्रम अघि बढाउने निर्णय हो ।
‘तत्कालका लागि वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न गैरआवासीय नेपाली संघ यूकेले संघर्ष समितिमार्फत नेपाल सरकारलाई दबाबमूलक कार्यक्रम अघि बढाउने निर्णय बैठकले गरेको छ,’महासचिव जुरेन्द्र खजुमले भन्नुभयो, ‘यस विषयमा थप निर्णायक पहलका लागि लन्डनस्थित नेपाली दूतावाससँग संयुक्त बैठक गर्ने निर्णय भएको छ ।’
आगामी २६ मे २०२६ का दिन अल्डरसट एम्पायर सभा हल, बेलायतमा ३३६ भन्दा बढी संघ–संस्थाहरूको सहभागितामा निर्णायकसभा आयोजना गर्ने निर्णय पनि भएको उहाँले बताउनुभयो ।
बैठकले बेलायतस्थित सम्पूर्ण नेपाली संघ–संस्थालाई समेट्दै एकीकृत र ठोस प्रस्ताव तयार गरी वंशजको नागरिकता निरन्तरताका लागि अभियान अघि बढाउनुपर्नेमा जोड दिएको छ । एनआरएनए र गोर्खा समुदायको साझा पृष्ठभूमिलाई समेटेर संयुक्त एजेन्डा बनाएर अघि बढ्दा भावी पुस्तालाई सकारात्मक टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।
केही वक्ताहरूले गोर्खाको पृष्ठभूमि फरक रहेको तर्क राख्दै यसलाई नेपालको संविधानभित्र समेट्नुपर्ने र छुट्टै गोर्खा ऐन आवश्यक पर्ने धारणा पनि प्रस्तुत गरेको महासचिव खजुमले जानकारी गराउनुभयो ।
यस्तै गैरआवासीय नेपाली सम्बन्धी ऐन, २०८२ को मस्यौदामा उल्लेख गरिएको प्रावधानप्रति आपत्ति जनाउँदै विशेषगरी एनआरएनले नेपालमा आफ्नो अचल सम्पत्ति बिक्री गर्दा ५० प्रतिशत राजस्व बुझाउनुपर्ने विषय साथै एनआरएनए यूकेको भावी योजनाबारे छलफल भएको थियो । बेलायतस्थित नेपाली राजदूतावासद्वारा एनआरएनए आईसीसी र एनआरएनए यूके एनसीसीलाई संयुक्त बैठकका लागि गरिएको आह्वान सम्बन्धमा छलफल गरी केही गृहकार्य गर्ने निर्णय बैठकले गरेको उहाँले बताउनुभयो ।
एनआरएनएको बैठकसम्बन्धी प्रेसनोट जस्ताको तस्तै
मिति: २९ अप्रिल २०२६
जुम बैठक सम्बन्धी जानकारी | गैर आवासीय नेपाली संघ यूके
गैर आवासीय नेपाली संघ यूकेका अध्यक्ष श्री प्रेम गाहामगरज्यूको आवाहनमा सम्पन्न जुम बैठकमा विभिन्न महत्वपूर्ण विषयहरूमाथि विस्तृत छलफल सम्पन्न भएको छ ।
बैठकका मुख्य एजेण्डाहरू:
गैरआवासीय नेपाली सम्बन्धी ऐन, २०८२’ को मस्यौदामा उल्लेख गरिएको प्रावधानप्रति आपत्ति, विशेषगरी एनआरएनले नेपालमा आफ्नो अचल सम्पत्ति बिक्री गर्दा ५०% राजस्व बुझाउनुपर्ने विषय। साथै, एनआरएनए यूकेको भावी योजनाबारे छलफल भएको थियो ।
बेलायतस्थित नेपाली राजदूतावासद्वारा NRNA ICC र NRNA UK (NCC) लाई संयुक्त बैठकका लागि गरिएको आवाहन सम्बन्धमा छलफल गरी केही गृहकार्य गर्ने निर्णय बैठकले गरेको छ ।
NRNA UK – CUP 2026 आयोजनाको तयारी र व्यवस्थापनबारे अर्को बैठकमा थप छलफल गर्ने निर्णय ।
विविध विषयहरूमा पनि बुँदागत रूपमा छलफल तथा निर्णय गरिएको थियो ।
बैठकबाट आएका प्रमुख धारणा र निष्कर्षहरू:
बेलायतस्थित सम्पूर्ण नेपाली संघ–संस्थालाई समेट्दै एकीकृत र ठोस प्रस्ताव तयार गरी बंशजको नागरिकता निरन्तरता का लागि अभियान अघि बढाउनुपर्नेमा जोड ।
NRNA र Gurkha समुदायको साझा पृष्ठभूमिलाई समेटेर संयुक्त एजेण्डा बनाएर अघि बढ्दा भावी पुस्तालाई सकारात्मक टेवा पुग्ने विश्वास व्यक्त ।
केही वक्ताहरूले Gurkha को पृष्ठभूमि फरक रहेको तर्क राख्दै, यसलाई नेपालको संविधानभित्र समेट्नुपर्ने र छुट्टै Gurkhas Act आवश्यक पर्ने धारणा पनि प्रस्तुत ।
तत्कालका लागि बंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न गैर आवासीय नेपाली संघ यूकेले संघर्ष समिति मार्फत नेपाल सरकारलाई दबाबमूलक कार्यक्रम अघि बढाउने निर्णय ।
यस विषयमा थप निर्णायक पहलका लागि लण्डनस्थित नेपाली दूतावाससँग संयुक्त बैठक गर्ने निर्णय ।
आगामी २६ मे २०२६ का दिन अल्डरसट एम्पायर सभा हल, बेलायतमा ३३६ भन्दा बढी संघ–संस्थाहरूको सहभागितामा निर्णायक सभा आयोजना गर्ने निर्णय ।
बैठक सञ्चालन:
यस बैठकमा संस्थाका अध्यक्ष श्री प्रेम गाहामगरज्यूको अध्यक्षता तथा महासचिव श्री जुरेन्द्र खजुमज्यूद्वारा सञ्चालन गरिएको थियो ।
अन्त्यमा:
सम्पूर्ण सहभागी तथा सुझाव दिने सबैमा हार्दिक धन्यवाद ।
आगामी दिनहरूमा थप सहकार्य र एकताका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न