
काठमाडौं । दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत खपाङ्गी मगर गम्भीर बिरामी परेकाले उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको छ ।
हाल काठमाडौंस्थित वीर अस्पतालको आपतकालीन कक्षमा उपचाररत ५० वर्षीय शिखरजीतको उपचारका लागि खर्च धान्न नसकिएपछि गोरेबहादुर खपाङ्गी फाउन्डेसनले सहयोगको अनुरोध गरेको हो । परिवार स्रोतका अनुसार उनको स्वास्थ्य अवस्था जटिल बनेपछि तत्काल उपचारका लागि अस्पताल भर्ना गरिएको हो । शिखरजितको पिसाब थैलीको अपरेसन गरिएको छ भने मिर्गौलासम्बन्धी समस्या रहेको छ ।
गोरे बहादुर खपाङ्गी फाउन्डेसनका संस्थापक अध्यक्ष हुमबहादुर थापाले बुधबार जारी गरेको अपिलमा बिरामीको जीवन रक्षाका लागि आर्थिक सहयोग अत्यन्त आवश्यक रहेको उल्लेख गर्नुभएको छ। उहाँले सहयोगका लागि क्यूआर कोडमार्फत रकम पठाउन सकिने व्यवस्था गरिएको बताउनुभयो ।
यसैबीच, वीर अस्पतालमा बिरामीसँग उनका भेना चन्द्र थापा मात्र रहेको जानकारी दिइएको छ। समय मिलाएर अस्पतालमै पुगेर सहयोग तथा साथ दिन पनि सबैमा अनुरोध गरिएको छ ।
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी