
लन्डन । संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन भएको छ ।
सामाजिक लोकतान्त्रिक पार्टी अध्यक्षको समेत जिम्मेवारी सम्हालेका राईको २०८३ वैशाख १४ गते साँझ निधन भएको हो । भोजपुरमा जन्मेका राईले राजनीतिक सेवामा मात्र हैन, शिक्षण पेशामा पनि जीवनको लामो उर्जा खर्च गर्नुभएको थियो ।
पूर्वमन्त्री सुदन किरातीले नेता राईको निधनले स्तब्ध बनाएको जनाएको छ । उहाँले फेसबुकमा लेख्नुभएको छ,’अँध्यारो पञ्चायतको समयमा भोजपुरको गाउँबस्तीबाट राजनीतिको दियो बाल्ने उज्यालो, बौद्धिक तथा साहसिक व्यक्तित्वको निधनले स्तब्ध बनाएको छ। देवा “कुमार राई” प्रति हार्दिक श्रद्धाञ्जली, सपरिवारमा गहिरो समवेदना ।’
“तौलेर हेर्यो तराजु,
मन आना आना काटेर !
नपुग्दै तोला जाइहाल्छ,
घामसँग छायाँ छुटेर ।”
यस्तै आदिवासी जनजाति अगुवा तथा प्रतिनिधिसभा सदस्य परशुराम तामाङले पनि नेता राईले राजनीति, शिक्षा, आदिवासी जनजाति पहिचान आन्दोलनमा पुर्याउनुभएको योगदान सबैले सधैं सम्झने उल्ल्ख गर्नुभएको छ ।
‘संविधानसभा सदस्य तथा सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष कुमार राईको २०८३ वैशाख १४ गते साँझमा असामयिक निधन भएको खबरले दु:ख लागेको छ । उहाँले राजनीतिक सेवामा मात्र हैन, शिक्षण पेशामा पनि जीवनको लामो उर्जा खर्च गर्नु भएको छ । साथै, उहाँलाई राजनीति, शिक्षा, आदिवासी जनजाति पहिचान आन्दोलनमा पुर्याउनुभएअको योगदान सबैले सधैं सम्झने छन् । यस क्षणमा उहाँप्रति भावपूर्ण श्रध्दाञ्जलि तथा उहाँका शोकाकुल परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछु। अल बिदा, कुमारजी।’
पूर्वमन्त्री एवं जसपा अध्यक्ष अशोककुमार राईले कुमार राईको देहवसानको खबरले दुखित भएको बताउनुभएको छ ।
‘भोजपुर जिल्ला कटुञ्जे होमतोकमा जन्मनु भएर शिक्षा तथा राजनीतिक परिवर्तनका लागि सिङ्गो जीवन समर्पित गर्नु भएका, संविधानसभा सदस्य, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष एवं मेरा गुरु कुमार राईको देहावसानको खबर थाहा पाउँदा दुखित भएको छु,’ नेता राईले फेसबुकमा लेख्नुभएको छ, ‘उहाँको पशुपतिस्थित विद्युत शवदाह गृहमा अहिले बिहान ११:०० बजे दाह संस्कार हुने जानकारी प्राप्त भएको छ । उहाँलाई भावपूर्ण श्रध्दाञ्जली छ । परिवारजनलाई हार्दिक समवेदना ।’
नेता राईको मंगलबार पशुपतिमा दाह संस्कारको कार्यक्रम छ ।
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म
पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक धरमराज भण्डारी
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता