
लन्डन । गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित हुनु भएको छ ।
तेस्रो कार्यकालसम्म लगातार उपाध्यक्ष पदमा रहेर काम गरेकी गुरुङ अल्डरसटस्थित सुसिमोटो रेष्टुरेन्टमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा चुनिनु भएको हो । उपाध्यक्ष हिमाला गुरुङ र राजेन्द्र गुरुङ, महासचिव धन दर्लामी मगर, सचिव मनबहादुर गुरुङ र कोषाध्यक्ष यशोदा ढकाल न्यौपाने चयन हुनुभएको छ ।
सदस्यहरूमा इन्दिरा दर्लामी, गंगा राना, होमाया गुरुङ, शकुन्तला गुरुङ, देव गुरुङ, विकास गुरुङ, मणिराज गुरुङ, गौतम गुरुङ, काजी गुरुङ, देव राना र विकास विक चुनिएको निर्वाचन समितिले जनाएको छ ।
नवनिर्वाचित कार्यसमितिलाई प्रमुख निर्वाचन अधिकृत भरत रोकाले पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको थियो । यस्तै निर्वाचन अधिकृत विष्णु तामाङले निर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र तथा खादा प्रदान गरी सम्मान गर्नुभयो ।
अधिवेशनको पहिलो चरण तत्कालीन अध्यक्ष हेमकुमार गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको शुभारम्भ समाजका प्रमुख सल्लाहकार विष्णु तामाङ तथा बेलायत भ्रमणमा रहेका पूर्वप्रधानाध्यापक कृष्णप्रसाद ढकालले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी गर्नुभयो । कार्यक्रममा विभिन्न प्रतिवेदन प्रस्तुत गरी पारित गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा नवनिर्वाचित अध्यक्ष टकमाया गुरुङले आफ्नो प्रतिबद्धता व्यक्त गर्दै सबैको सहयोग, सल्लाह र सुझावलाई आत्मसात् गर्दै समाजलाई अझ सशक्त, एकताबद्ध र सक्रिय रूपमा अगाडि बढाउने बताउनुभयो ।

गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म
पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक धरमराज भण्डारी
संसदीय दलको नेता भीष्मराज आङ्देम्बेलाई बनाउने नेपाली कांग्रेसको निर्णय
नेपाल पत्रकार महासंघ यूकेले १० जुलाईमा १५औं स्थापना दिवस मनाउने
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन