
मुस्ताङ, २३ असार । हिमाली जिल्ला मुस्ताङमा अझै बहुपति प्रथा कायम रहेको छ । एउटा घरमा रहेका सबै दाजुभाइले एकजना महिलासँग सामूहिक विवाह गर्ने प्रचलनलाई बहुपति प्रथा भनिन्छ ।
जिल्लाको छोसेर, छोन्हुप, लोमान्थाङ, चराङ, सुर्खाङ, घमी, मुक्तिनाथ, कागवेनी, झोङलगायतका गाविसमा अझै यस्तो संस्कृति यथावत् रहेको पाइएको छ ।
हिमाली भू–भागमा खाद्यान्न उत्पादन कम हुने भएकाले सम्पत्ति बाँडफाँड गर्न नपरोस् भनेर परापूर्वकालदेखि नै मुस्ताङमा एक घरका दाजुभाइले एउटी महिलासँग सामूहिक विवाह गर्ने परम्परा रहेको छोसेरका आङ्गेल गुरुङले बताए ।
उनका अनुसार सबै भाइसँगै भएपछि सम्पत्ति विभाजन नहुने, दुःख र कामको भार कम हुने तथा पैतृक सम्पत्ति बाँड्न नपर्ने भएकाले यो संस्कार कायमै छ ।
“बाहिरी समाजले यहाँको वैवाहिक संस्कारलाई प्रथाका रुपमा व्याख्या गरे पनि हाम्रो दृष्टिकोणमा यो समस्या नभई मान्यता प्राप्त सामाजिक प्रचलन हो, मुस्ताङका बुद्धिजीवी शेखर भट्टचनले भने, “बहुपति जोडीहरु खुलेर बोल्न र तस्बिर खिच्नसमेत तयार हुंदैनन् ।” एउटै परिवारका सबै दाजुभाइमध्ये माइला छोरा लामा बस्ने भए पनि अन्य दाजुभाइले जेठा दाइका श्रीमतीलाई पनि आफ्नो श्रीमतीका रुपमा स्वीकार गर्नुपर्ने बाध्यात्मक सामाजिक संस्कार रहेको उनको भनाइ छ ।
“दाजुभाइको सामूहिक रुपमा एउटै श्रीमती स्वीकार नगर्नेले बुबा–आमाको पैतृक सम्पत्ति पाउँदैनन्, भट्टचनले थपे, “कतिपय अवस्थामा श्रीमान्भन्दा श्रीमती दोब्बरभन्दा पनि धेरै उमेरका हुने गर्छन् ।”
स्रोत, साधन र आर्थिक अवस्थासँग मुस्ताङमा बहुपति संस्कृति जोडिएको बताइएको छ । जिल्लाको १२ हजार जनसङ्ख्यामध्ये करिब ५२ प्रतिशत गुरुङ, २५ प्रतिशत थकाली, आठ प्रतिशत दलित र तीन प्रतिशत अन्य जाति छन् । त्यसमा गुरुङ समुदायमा यस्तो प्रथाको विकास भएको पाइएको छ ।
बहुपति प्रथामा जेठाको अग्राधिकार हुने भएकाले अन्य भाइहरु दमनमा पर्ने गरेको बताइएको छ । बहुपति प्रथामा सबैभन्दा जेठा भाइको नामबाटै जिल्ला प्रशासन कार्यालयले उनीहरुका सन्तानलाई नागरिकता प्रदान गर्ने गरेको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते