
लन्डन । विदेश अध्ययन नेपाली युवाका लागि अवसरसँगै चुनौतीको क्षेत्र बन्दै जाँदा त्यसलाई सुरक्षित, व्यवस्थित र परिणाममुखी बनाउने पहल स्वरूप गैरआवासीय नेपाली संघ (एनआरएनए) र शैक्षिक परामर्शदाताहरूको संघ नेपाल (ईक्यान) बीच सहकार्य अघि बढाइएको छ।
आइतबार सम्पन्न परिचयात्मक बैठकमा दुवै संस्थाका नेतृत्व तहले विद्यार्थी कल्याणलाई केन्द्रमा राख्दै दीर्घकालीन सहकार्यका आधार तयार गरिएको छ । बैठकमा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्मा र ईक्यानका अध्यक्ष लक्ष्मण पौडेल (एन्ड्र्यू) सहित पदाधिकारीहरूको सहभागिता थियो।
छलफलमा विदेश जाने विद्यार्थीका लागि प्रस्थानपूर्व अभिमुखीकरण (पीडीओ) लाई थप प्रभावकारी बनाउने, सुरक्षित र सहयोगमुखी वातावरण सुनिश्चित गर्ने तथा परामर्श सेवाको गुणस्तर सुधार गर्ने विषयमा जोड दिइयो। दुवै पक्षले संयुक्त रूपमा ‘नेपाली क्यारियर पोर्टल’ विकास गरी अध्ययनपछिका रोजगारी र क्यारियर अवसरबारे एकीकृत सूचना प्रणाली तयार गर्ने विषयमा छलफल भयो ।
यस्तै, परामर्शदाताहरूको क्षमता अभिवृद्धिका लागि लक्षित तालिम सञ्चालन गर्ने, पाइलट परियोजनामार्फत विद्यार्थी सहयोग प्रणाली परीक्षण गर्ने र विभिन्न देश तथा क्षेत्रअनुसार सीप म्यापिङ गर्ने विषयमा पनि सहमति जुटेको छ। मानसिक स्वास्थ्य र मनोसामाजिक सचेतनालाई समेत प्राथमिकतामा राख्दै विशेष कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ।
बैठकले स्वास्थ्य बीमा, छात्रवृत्ति सम्बन्धी सूचना प्रवाह र विद्यार्थी कर व्यवस्थापनका विषयमा नीतिगत सुधारका लागि सम्बन्धित निकायसँग संयुक्त वकालत गर्ने सहमति गरेको छ। साथै, छिट्टै औपचारिक समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गर्ने तयारी अघि बढाइएको छ।
विदेश अध्ययन ‘सामान्य प्रक्रिया’ मा परिणत भइसकेको सन्दर्भमा यस क्षेत्रलाई थप व्यवस्थित र विश्वसनीय बनाउन संस्थागत सहकार्य अपरिहार्य भएको निष्कर्ष बैठकले निकालेको छ।
यसैबीच, (ईक्यानले एनआरएनएका अध्यक्ष डा. शर्मा ९ अप्रिलदेखि ईक्यानको मानार्थ सल्लाहकारका रूपमा राख्ने प्रतिब्धता जनाएको छ। ईक्यानले शैक्षिक परामर्श क्षेत्रमा अनैतिक अभ्यासविरुद्ध ‘शून्य सहनशीलता’ नीति अवलम्बन गर्ने प्रतिबद्धता दोहोर्याएको छ । नियमित भर्चुअल अभिमुखीकरण, एयरपोर्ट सहयोग र प्रशासनिक सहजीकरणमा सहकार्य गर्ने सहमति बैठकबाट जुटेको छ ।
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने