
काठमाडौँ । नेपाल सरकार परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय नेपालीको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को प्रतिनिधिमण्डलसँग शुक्रबार भएको छलफलमा उहाँले एनआरएनएले उठाउँदै आएका विभिन्न एजेन्डा महत्त्वपूर्ण भएकाले तिनलाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो । मन्त्री खनालले नागरिकतासम्बन्धी विषयमा केही कानुनी जटिलताका कारण थप अध्ययन र कानुन संशोधनको आवश्यकता रहेको उल्लेख गर्नुभयो । देशलाई आर्थिक रूपान्तरण गर्न ठूला लगानी परियोजनामा ध्यान केन्द्रित गर्न आग्रह गर्दै उहाँले सेवा क्षेत्रमा पनि संस्थागत पहल आवश्यक रहेको बताउनुभयो ।
पोर्चुगलमा रहेका नेपालीको समस्यालाई लिएर मन्त्रालयले मानवीय आधारमा पहल गरिरहेको जानकारी दिँदै उहाँले प्राविधिक कठिनाइ हुँदाहुँदै पनि मानवीय दृष्टिकोणबाट समाधान खोज्न सम्बन्धित देशसँग संवाद भइरहेको जानकारी दिनुभयो । सो छलफलमा एनआरएनएका पदाधिकारीले नागरिकता, लगानी, श्रम आप्रवासन र विदेशस्थित नेपालीहरूको सुरक्षासम्बन्धी विषय उठाएको एनआरएनए सचिवालयले जनाएको छ ।
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]