भक्तपुर, २२ असार । पुरानो ऐतिहासक सहर, सम्पदा र कलाले भरिपूर्ण पुरानो भादगाउँ अहिले टेकोको भरमा अडिएको छ । कला, संस्कृति र मनोरम ऐतिहासिक सहर हेर्न आउने स्वदेशी र विदेशी पनि अहिले टेकोले अडिएको भादगाउँ देख्दा खिन्न हुने गरेका छन् ।
भूकम्पका कारण जीर्ण बनेका यहाँका अधिकांश घर, मठ मन्दिर र सम्पदा टेकोमै अड्याइएपछि यहाँका बासिन्दा जोखिममै बस्न वाध्य भएका छन् । भूकम्पले नभत्काएका तर जीर्ण बनाएका संरचना टेकोमै अडाएर दैनिक जीवनमा फर्किएका छन् यहाँका बासिन्दा । उनीहरू टेकोले अडिएको घरमै बस्नेदेखि पसल सञ्चालनसमेत गरेर जीवनयापन गर्न थालेका छन् ।
भक्तपुर कमलविनायक क्वाठण्डौका तीर्थलक्ष्मी बज्राचार्यको परिवार टेकोले अडिएकै घरमा बस्न थालेको दुईसाता बितिसक्यो । वर्षा लागेर पालमा बस्न नसकिएपछि उनीहरू बाध्य भएर त्यही घरमा बस्न आएका हुन् ।
उनी भन्छन् – “घर टेकोमा अडिएको छ, सामान सबै घरमा छ, चोर लाग्ला भन्ने डर । डेरा पनि पाइँदैन । डरैडरमा बस्नु पर्छ ।” उनले जहाँ बसे पनि भाग्न नसकिने भएपछि जे होला होला भनेर टेको लाएको घरमै बस्न थालेको बताए ।
भक्तपुर– ४ याबाहका धर्मरत्न श्रेष्ठले भूकम्पले घर छियाछिया बनाए पनि नढलेपछि टेको लाएर राख्नुपरेको बताए । बाहिरबाट हेर्दा घर केही नभएको जस्तो देखिए पनि भित्रभित्रै छियाछिया भएकाले टेको लाएर घर जोगाउनुपरेको बताए ।
भादगाउँभित्र बाटो हिँड्ने ठाउँसमेत छैन । जता गयो त्यतै टेकोमा अडिएका छन् घरहरू । दायाँबायाँका घरमा लाएको टेकोले बाटो हिँड्ने ठाउँसमेत छैन । भक्तपुरका वीरेन्द्रमान शाक्य टाउको लुकाउने ठाउँसमेत नभएको बताउंछन् ।
भादगाउँका अधिकांश घर टेकोमै अडिएको बताउँदै उहाँले वर्षामा झन जोखिममै बस्नुको विकल्प नभएको दुखेसो पोखे । दरबार क्षेत्र अगाडिको पुरानो लामो घरमा होस् या वंशगोपाल र सुकुलढोकामै किन नहोस् यहाँका बजारमा टेकोमै अडिएको घरमा पसल, व्यवसाय चलाइरहेका छन् यहाँका बासिन्दाले ।
जेला घर भई सुकुलढोकामा व्यवसाय सञ्चालन गर्दै आएका मोहन प्रजापति सधैँ पसल बन्द गरे बस्न नसकिने भएपछि जोखिममै भए पनि पसल सञ्चालन गरेको बताए । सधैँ भूकम्प सम्झेर बस्न नसकिने भन्दै उनले दैनिक व्यवहारमा फर्किनुपर्ने भएपछि टेकोमै अडिएकै घरमा रहेको पसल चलाउनुपरेको उनको भनाइ छ ।
मध्यपुरथिमिको अवस्था पनि त्यस्तै छ । मध्यपुरथिमिको बालकुमारीदेखि बाखाहाबजारसम्म, बोडे र नगदेशका ९० प्रतिशत पुराना घर टेकोमै अडिएको छ ।
टेकोमै अडिएको घरमा बसेर जीवनयापन गर्न बाध्य छन् यहाँका बासिन्दा । थिमि बाखाहा बजारका श्रीकृष्ण प्रजापति जाने ठाउँ नभएकै कारण यहाँका बासिन्दा जोखिम सहेरै भए पनि टेकोमा अडिएको घरमा बस्न बाध्य भएको बताउंछन् ।
बाखाहा बजारमा पुराना पसल र सडकमै जोडिएका पसलसमेत टेकोमै अडिएका छन् । भादगाउँको दरबार स्क्वायरदेखि दत्तात्रयसम्मका कतिपय सम्पदा टेकोमै अडिएका छन् भने विश्वप्रसिद्ध चाँगुनारायण मन्दिरसमेत टेकोमै अडिएको छ । यतिखेर भादगाउँ जुनी फेरेर नयाँ पहिचान बनाउने आशामा पर्खिबसेको छ ।
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय
अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान