अमेरिकी शान्ति योजना तेहरानद्वारा अस्वीकार

तेहरान । इरानको सरकारी टेलिभिजनले एक अज्ञात वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै बुधबार मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिकाले प्रस्ताव गरेको शान्ति योजनालाई इरानले अस्वीकार गरेको जनाएको छ ।

“जारी युद्ध अन्त्य गर्ने अमेरिकी प्रस्तावप्रति इरानले नकारात्मक प्रतिक्रिया दिएको छ,” ती अधिकारीले भने। “ट्रम्पले युद्धको निष्कर्षको कल्पना गर्दैमा युद्धको अन्त्य नहुने यो इरानका लागि पनि मान्य हुन्ुपर्नेछ,” उहाँले भन्नुभयो ।

इरानले उक्त कथित शान्ति योजनाबारे कुनै आधिकारिक भनाइ दिएको छैन । अमेरिकासँग युद्धपूर्व वार्ताको नेतृत्व गरेका विदेशमन्त्री अब्बास अराघचीले भने यस विषयमा कुनै टिप्पणी गर्नुभएको छैन । मेहर र तस्निम एजेन्सीजस्ता इरानी मिडियाले प्रेस टिभीको रिपोर्टलाई आधार बनाएर समाचार सम्प्रेषण गरेका छन् ।

यसअघि बुधबार दुई वरिष्ठ पाकिस्तानी अधिकारीले मध्यस्थताको प्रयासमा इस्लामाबादले इरानलाई १५ बुँदे योजना दिएको र यसमा करिब एक महिना लामो इरान युद्ध अन्त्य गर्ने अमेरिकी प्रस्ताव समावेश रहेको पनि उल्लेख छ ।

तेहरानले शत्रुता अन्त्यका लागि आफ्नै पाँच सर्त अघि सारेको प्रेस टिभीले नाम उल्लेख नगरीकन एक इरानी अधिकारीलाई उद्धृत गर्दै जनाएको छ।

सर्तमा देश र यसका नेताहरू विरुद्ध ‘आक्रमण र हत्या’ अन्त्य गर्ने, इजरायल र संयुक्त राज्य अमेरिका दुवैले युद्ध पुनः सुरु नगर्ने सुनिश्चितता गर्ने बलियो संयन्त्र स्थापना गर्नु, साथै पुनर्निर्माणको दृष्टिकोणले भएको विनाशको क्षतिपूर्ति पनि समावेश छ।

इरानको सर्तहरूमा विशेष गरी तेहरान समर्थित लेबनानी समूह हेजबुल्लाहको लागि एक अप्रत्यक्ष सन्दर्भसहितको सबै क्षेत्रीय मोर्चा र सबै प्रतिरोध समूहविरुद्ध शत्रुताको अन्त्य पनि उल्लेख छ ।

इरानी अधिकारीका अनुसार तेहरानले अन्तर्राष्ट्रिय मान्यता पनि चाहन्छ र वर्तमान युद्धको केन्द्रमा रहेको विश्व व्यापारको प्रमुख समुद्री मार्ग हर्मुजको जलमार्गमा आफ्नो सार्वभौमिकता प्रयोग गर्ने इरानको अधिकारको सुनिश्चितता चाहन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री