
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित भएका छन् ।
काठमाडौंमा मार्च १४ देखि १६ सम्म भएको संघको विश्व सम्मेलन तथा १२ औं महाधिवेशनबाट सर्वसम्मत निर्वाचित कार्यसमितिको पदाधिकारीमा बेलायतवासी १० जना परेका छन् । मंगलबार घोषणा गरिएको कार्यसमिति अध्यक्षमा डा. हेमराज शर्मा (यूके) रहनुभएको छ । उहाँ यसअघि डा.बद्री केसी समूहबाट उपाध्यक्ष हुनुहुन्थ्यो ।
त्यस्तै झन्डै दुई दर्जन उपाध्यक्षमध्ये बेलायतबाट तीन जना परेका छन् । जसमा महेशकुमार श्रेष्ठ नेतृत्वको एनआरएनए उपाध्यक्ष रहनुभएका अभियन्ता विश्वदीप तिगेला (यूके), केसी समूहबाट उपाध्यक्षकै भूमिका रहनुभएकी रोजिना प्रधान राई (यूके) र रामशरण सिम्खडा (यूके) हुनुहुन्छ ।
बेलायतले एक उपमहासचिव पनि प्राप्त गरेको छ । जसमा दिनेशकुमार घिमिरे (यूके) चयन हुनुभएको छ भने प्रसुना कँडेल (यूके)ले सचिवको जिम्मेवारी हात पार्नुभएको छ । यस्तै बेलायतबाटै कोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सेना चयन हुनुभएको छ ।
यस्तै युरोप क्षेत्रका उपक्षेत्रीय संयोजक पदमा तिलकराम भट्टराई (यूके), मध्य पूर्वमा उपक्षेत्रीय युवा संयोजकमा ओमन गौचन (यूके) रहनुभएको छ । एनआरएनएको प्रवक्ताको जिम्मेवारी पनि बेलायतवासी व्यवसायी सोम सापकोटाले पाउनुभएको छ ।
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
व्यवसायी सोम सापकोटाले गैरआवासीय नेपाली संघ(एनआरएनए) प्रवक्ताको जिम्मेवारी पाउनुभएको छ ।
११ औं महाधिवेशनमा उपमहासचिव निर्वाचित सापकोटालाई काठमाडौंमा मार्च १४ देखि १६ सम्म भएको एनआरएनएको १२ औं महाधिवेशनले सापकोटालाई प्रवक्ता चयन गरेको हो । सन् १९९६ देखि रोजगारिको सिलसिलामा विभिन्न देश गएका सापकोटा २०१७ देखि बेलायतमा व्यवसाय गर्दै आउनुभएको छ ।
उहाँले हस्पिटालिटी क्षेत्रमा एकल तथा सामूहिक लगानी गर्नुभएको छ । उहाँले चितवनको मेघौलीमा पनि रिसोर्ट बनाइरहनुभएको छ ।
सापकोटा एनआरएनए समुदायमा विनम्र, सकारात्मक सोच भएका तथा मिडिया–मैत्री व्यक्तित्वका रूपमा चिनिनुहुन्छ । एनआरएनएभित्र देखिएका आन्तरिक विवाद समाधानका लागि गठन गरिएको संवाद समितिमा रहेर उनले संगठनलाई एकताबद्ध बनाउन सक्रिय भूमिका खेल्नुभएको थियो । साथै, एनआरएनएको विधान र संस्थागत संरचनाबारे गहिरो ज्ञान राख्ने व्यक्तिका रूपमा पनि उहाँ परिचित हुनुहुन्छ ।

एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
युद्ध अन्त्यका लागि इरानका तीन शर्त