
लन्डन । भूतपूर्व गोर्खाहरुको विषयमा यही मार्च १६ तारिख सोमबार त्रिपक्षीय वार्ता हुने भएको छ ।
बेलायत, नेपाल सरकार र गोर्खा प्रतिनिधिबीच लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा वार्ता तय गरिएको हो । गत जनवरी २३ मा गोर्खाहरु समेतको सहमतिमा बेलायत सरकारसमक्ष प्रस्तुत गरिएको प्रस्तावमाथिको छलफलमा केन्द्रित हुने लन्डनस्थित नेपाली दूतावासले जनाएको छ ।
वार्तामा नेपाल सरकारको तर्फबाट नेतृत्व गर्दै आएका बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले बेलायत सरकारलाई बुझाइएको प्रस्तावबारे उसको राय र धारणाबारे यो वार्तामा छलफल हुने जानकारी दिनुभयो ।
लामो समयदेखि जारी त्रिपक्षीय गोर्खा वार्ता मुख्यतः पेन्सनको मुद्धामा अड्किंदै आएको छ । पछिल्लोपटक बेलायत सरकार पेन्सनको ठाउँमा ‘अफोर्डेबल सोलुसन’का शीर्षकमा सहमति खोज्न तयार बनेपछि गोर्खाहरु समेतको सहमतिमा बेलायत सरकारसमक्ष ११ बुंदे प्रस्ताव पेश गरिएको छ । सन् २०१८ को प्राविधिक संयन्त्रको प्रतिवेदनकै मर्मअनुसार यो प्रस्ताव तयार गरिएको गोर्खाहरुले बताएका छन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते