
लन्डन । बेलायत सरकारले अध्यागमन नियमहरूमा व्यापक सुधारको घोषणा गर्दै अब स्थायी बसोबासका लागि आवेदन दिने आप्रवासीहरूले अझै उच्चस्तरको अंग्रेजी बोल्न र बुझ्न सक्ने हुनुपर्ने नियम ल्याएको छ ।
‘अर्न्ड सेटलमेन्ट’ नाम दिइएको यस सुधार योजनाअन्तर्गत, बेलायती जीवनमा घुलमिल हुन र समाजमा योगदान पुर्याउन भाषाको दक्षतालाई मुख्य आधार बनाइएको छ। यो नियम मार्च २०२७ देखि पूर्ण रूपमा लागू हुनेछ। यस परिवर्तन अनुसार, अहिलेको जीसीएसईस्तरको साटो अब ‘ए-लेबल’ सरहको अंग्रेजी दक्षता आवश्यक पर्नेछ। यसमा पढ्ने, लेख्ने, बोल्ने र सुन्ने चारवटै पक्ष समावेश छन्। आप्रवासीहरूलाई तयारीका लागि एक वर्षको समय दिइएको छ।
विशेषज्ञहरूका अनुसार हालको स्तरबाट नयाँ स्तरमा पुग्न करिब २०० घण्टा थप अध्ययन आवश्यक पर्नेछ, जसको प्रमाण गृह मन्त्रालयले तोकेको केन्द्रबाट परीक्षा दिएर पेश गर्नुपर्नेछ। धेरैजसो आप्रवासीका लागि स्थायी बसोबास पाउने न्यूनतम समय ५ वर्षबाट बढाएर १० वर्ष पुर्याउने प्रस्ताव गरिएको छ भने डाक्टर र नर्सजस्ता फ्रन्टलाइन कर्मचारीहरूले ५ वर्षमा र उद्यमीहरूले ३ वर्षमै स्थायी बसोबासका लागि आवेदन दिन सक्नेछन्।
गृहमन्त्री शाबाना महमुदले भन्नुभयो- ‘बेलायतको इतिहासमा आप्रवासन सधैं महत्त्वपूर्ण रहेको छ, तर जनताको अपेक्षा के छ भने यहाँ आउनेहरू समाजमा घुलमिल हुन् र हाम्रो मूल्य-मान्यतालाई आत्मसात् गरून्। अंग्रेजी भाषाको निपुर्णता नै समाजमा जोडिने सबैभन्दा सजिलो बाटो हो।”
यो नियम मुख्यतया स्किल्ड वर्कर, पारिवारिक भिसा र अन्य व्यावसायिक भिसामा रहेका व्यक्तिहरूलाई लागू हुनेछ जो भविष्यमा बेलायतमा स्थायी रूपमा बस्न चाहन्छन् ।
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला