
धरान (सुनसरी), २४ फागुनः यही फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नं १ बाट श्रम संस्कृति पार्टीका हर्कराज राई निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृत दिव्यराज घिमिरेका अनुसार उहाँ ३५ हजार ७४१ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गर्नुभयो । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का टीकाराम लिम्बूले छ हजार ४६३ मत प्राप्त गर्नुभएको छ ।
यस क्षेत्रमा विभिन्न १९ दल र सात स्वतन्त्र गरी २६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । धरान उपमहानगरपालिका, बराहक्षेत्र, राधुनी गरी २७ वटा वडा समेटिएको यस निर्वाचन क्षेत्रमा एक लाख ५० हजार ३९३ मतदाता रहेकामा ८७ हजार ८६५ मत खसेको थियो ।
विश्वकप लिग-२ : युएईमाथि नेपालको जित
बेलायतमा २४औं गोर्खा कप २४ मेमा, प्रतियोगिताको तयारी तीव्र
तमु धीं यूकेका पूर्वअध्यक्ष मेजर लालबहादुर गुरुङको ७६ वर्षको उमेरमा निधन
साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुन्छ : प्रधानमन्त्री वालेन्द्र शाह
अवैध सुकुटी बिक्री गरेकोमा बेलायत अल्डरसटको ‘भिन्तुना’ रेस्टुरेन्ट दोषी
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय